निरुता र यज्ञको आवाजमा ‘माया बदमास’ सार्वजनिक

काठमाडौं । लोकदोहोरी गायिका निरुता बिसी र गायक यज्ञ विकको युगल आवाजमा गीत ‘माया बदमास’ को भिडियो सार्वजनिक भएको छ । रमेश परियारले शब्द रचना गरेको उक्त गीतमा गायक विकले नै संगीत भरेका हुन् भने यम थापा मगरको संगीत संयोजन रहेको छ ।

मारुनी स्टुडियोमा गीत रेकर्ड गरिएको गायिका निरुताले जानकारी दिइन् । त्यस्तै, उक्त गीतको भिडियोमा राजकुमार मगरको निर्देशन रहेको छ भने प्रकाश खड्काको छायांकन रहनुका साथै निर्देशक राजकुमारले नै सम्पादन गरेका छन् ।

त्यस भिडियोमा विशाल रायमाझी, एलिना रायमाझी, सरद एलजी र सिर्जना खनालले अभिनय गरेका छन् । मायाप्रेमका विभिन्न प्रसंगलाई उठान गरेर ‘माया बदमास’ गीत ल्याएको गायिका निरुताले बताइन् ।

गीत रेकर्ड गरेर ७ महिना अगाडि कार्यक्रमको सिलसिलामा आफू कतारमा गएको र विश्वभर कोरोनाको महामारी फैलिएपछि कतारमै रोकिएको समयमा यस गीत सार्वजनिक भएको पनि उनले बताइन् । मोडल विशाल रायमाझीको युट्यूब च्यानलमार्फत उक्त गीतको भिडियो सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया