खोजखबर

कोरोनाबाट क्याम्पस प्रमुख अग्रवालको मृत्यु

सौर्य अनलाइन २०७७ असोज १० गते १७:१७ मा प्रकाशित

राँझा । बबई बहुमुखी क्याम्पस बर्दियाका प्रमुख विनोद अग्रवालको कोरोना सङ्क्रमणबाट नेपालगञ्जमा मृत्यु भएको छ । फोक्सोको क्यान्सरबाट पीडित ५२ वर्षीय उनको चार दिनअघि स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । उनि होम आइसोलेशनमै बस्दै आएका थिए ।

आज श्वासप्रश्वासमा समस्या भएपछि उपचारार्थ नेपालगञ्जस्थित भेरी अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको भेरी अस्पताल व्यवस्थापन समिति अध्यक्ष प्रमोद धितालले जानकारी दिए । जिल्ला स्वास्थ्य कार्यालयका कोरोना स्रोतव्यक्ति नरेश श्रेष्ठले शव व्यवस्थापनको लागि आवश्यक समन्वय भइरहेको बताए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय