बुद्धभूमि १० का वडाध्यक्ष खरविन्दको निधन

कपिलवस्तु । जिल्लाको बुद्धभूमि नगरपालिका–१० का वडाध्यक्ष त्रिलोकीप्रसाद खरविन्दको निधन भएको छ । उनी तत्कालीन सङ्घीय समाजवादी पार्टीबाट वडाध्यक्ष निर्वाचित भएका थिए । दीर्घरोगबाट ग्रसित उनको उपचारको क्रममा आज बिहान निधन भएको परिवारले जनाएका छन् ।

वडाध्यक्षको निधनप्रति नगरप्रमुख केशवकुमार श्रेष्ठले श्रद्धाञ्जलि व्यक्त गरेका छन । यसअघि गत भदौ १४ गते यसै नगरपालिका–७ का वडाध्यक्ष रामेश्वर सिंहको पनि उपचारकै क्रममा निधन भएको थियो । – रासस

प्रतिक्रिया