युनाइटेड इएफएल कपको अर्काे चरणमा

लण्डन । च्याम्पियनसिप क्लब लुटन टाउनमाथि सहज जित निकाल्दै प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड इंग्लिस फुटबल लिग कप (इएफएल) कपको चौथो चरणमा प्रवेश गरेका छन् । मंगलबार राति भएको खेलमा युनाइटेडले लुटनलाई उसकै मैदानमा ३–० को सहज जित निकाल्दै चौथो चरणमा प्रवेश गरेका हुन् । युनाइटेडको जितमा जुआन माटा, मार्कुस रासफोर्ड र मासन ग्रीनवुडले गोल गरे । पहिलो हाफमा  एक तथा दोस्रो हाफ दुई गोल सम्भव भएको थियो ।

प्रतिस्पर्धातमक बनेको पहिलो हाफमा दुवै टोलीले गोलको केही सुन्दर अवसर सिर्जना गरेपनि गोल गर्न सकिरहेको थिएन । ४४औं मिनेटमा युनाएटेडले पेनाल्टीमार्फत गोल गर्दै अग्रता लिन सफल भयो । एन्ड्रिउ सिन्नीले ब्रान्डन विलियम्सलाई पेनाल्टी बक्समा फल गरेपछि प्राप्त पेनाल्टीमा माटाले गोल गर्दै अग्रता दिलाए ।

दोस्रो हाफमा युनाइटेडले बल पोजेसनमा पकड बनाएपनि गोलको लागि असन्तिम समय नै कुर्नुपरेको थियो । ८८औं मिनेटमा मार्कुस रासफोडैले मासन ग्रीनवुडको पासमा गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा ब्रुनो फर्नान्डेसको पासमा मासन ग्रीनवुडले गोल गर्दै युनाइटेडलाई ३–० को सहज जित दिलाए ।

यस्तै अर्काे खेलमा इउफएलकपको अर्काे खेलमा वेस्टह्याम युनाइटेडले हल सिटीमाथि ५–१ को फराकिलो जित निकालेको छ । वेस्टह्यामको जितमा एन्ड्रि यार्माेलेन्कोले दुई तथा रोबर्ट स्नोर्डग्रास र सेवास्टिन हाल्लेरले समान एक गोल गरे । हलका मल्लिक विल्क्सले एक गोल फर्काए ।

प्रतिक्रिया