हिमालीले पनि सुरू गर्यो कर्णालीमा जलयात्रा

बाजुरा । कर्णाली जलपर्यटन प्रवद्र्धनका लागि हिमाली गाउँपालिकाको केन्द्र धुलाचौर देखि पिलुचौर सम्म आजदेखि जलयात्रा (र्याप्टीङ् ) सञ्चालनमा आएको छ । हिमाली गाउँपालिका र रारा कैलाश टुर्श एण्ड कणरली ट्रेल नेपालको साझेदारीमा सञ्चालित जलयात्रा आज देखि सुचारु हो । कर्णली संरक्षण, उपयोग र व्यवस्थापन गर्दैे स्थानीयलाई रोजगारीको सृजना गरि पर्यटन प्रवद्धन गराउने उदेश्यले सञ्चालन गरीएको जलयात्रा आज हिमाली गाँउपालिकाको केन्द्र धुलाचौरमा उद्धघाटन गरीएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत जनक बहादुर शाहीले जानकारी दिए ।

गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लको अध्यक्षतामा सम्पन्न जलयात्रा उद्धघाटन कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा राष्ट्रीय सभा पुर्व सदस्य बद्री प्रसाद पाण्डे प्रमुख अतिथी रहेका थिए । नेपाली कांग्रे सका नेता तथा पूर्वभुमीसुधार सहायक मन्त्री जनकराज गिरी, जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र कुमार रोकाया, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधी पदमबहादुर शाही, त्रिवेणी नगरपालिकाका नगर प्रमुख रामसिंह रावल लगायत विशिष्ट अतिथी रहेका थिए ।

त्यस्तै त्रिवेणी नगरपालिकाका उपप्रमुख राधिका सुनार, हिमाली गाउँपालिकाका उपाध्यक्ष चन्द्रादेवि बुढा, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधी जुना दानी, नेपाली काँग्रेस जिल्ला कार्य समिती सचिव रनसिंह ऐडी, महिला नेतृ दिपा बोहोरा, रेडियो वुढीनन्दाका प्रबन्ध निर्देशक अनिल शाही, नेपाली काँग्रेस संगठन विभाग प्रमुख धनराज पण्डित लगायत अतिथि रहेको बताईएको छ । हिमाली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत जनक बहादुर शाहीले सञ्चालन गरेको जलयात्रा उद्धघाटन कार्यक्रममा रारा कैलाश टुर एण्ड ट्रेल प्रालीका सञ्चालक जनेश भण्डारीले स्वागत मन्तव्य राख्नु भएको वताइएको छ ।

उद्घाटन कार्यक्रममा वोल्ने अधिकांस वक्ताले पर्यटन प्रवद्धनको विकासमा जोड दिनुपर्ने, स्थानीय श्रोत साधनको उपयोग गर्नु पर्ने, पर्यटकीय सम्भावना ओजेल परेको हँदा आगामी दिनमा यसको प्रबद्र्धन गर्नु पर्नेमा जोड दिएका छन । बाजुरा गरिबीको जिल्ला नभएर पर्यटकीय सम्भावना बोकेको जिल्ला र त्यसै माथि आफ्नै घरदैलोमा वग्ने कर्णली नदीको सदुपयोग गर्नु पर्ने समेत उनिहरुले सुझाव दिएका छन ।

 

आज देखि सञ्चालनमा आएको जलयात्रा र्याटिङ् हिमाली गाउँपालिकाको केन्द्र धुलाचौर देखि पिलुचौर सम्म दुई वटा बोर्डमा १८ जना आन्तरीक पर्यटकले जलयात्रा गरेको गाईडर मदन नाथले जानकारी दिए । उनका अनुसार भोलि देखि नियमित र्याप्टीङ् सञ्चालन हुने भएको छ । दुई वर्ष पहिले बाजुराकै स्वामीकार्तिक खापर गाउँपालिकाले पनि कर्णालिमा जलयात्रा संचालन गरिसकेको छ ।

प्रतिक्रिया