बेङ्गलोरको विजयी सुरुवात

दुवईं । विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बेङ्गलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० मा विजयी सुरुवात गरेको छ । सोमबार भएको खेलमा बेङ्गलोरले सनराइजर्स हैदरावादलाई १० रनले पराजित गर्दै सुखद सुरुवात गरेको हो । बेङ्गलोरले दिएको १६४ रनको लक्ष्य पछ्याएको हैदरावादले १९.४ ओभरमा सबै विकेट गुमाएर १५३ रन मात्र बनाउन सक्यो । ओपनर जोनी बेय¥स्टोले अर्धशतक प्रहार गरेपछि मिडल अर्डरका खेलाडी लगातार आउट हुँदा हैदरावाद जितसम्म पुग्न सकेन । बेय¥स्टोले सर्वाधिक ६१ रन बनाउँदा मनिस पाण्डेले ३४ र प्रियम गर्गले १२ रन जोडे । बाँकी खेलाडी दोहोरो अंक नजोडी आउट भए ।

बेङ्गलोरका लागि युजभेन्द्र चाहलले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । यस्तै शिवम दुबे र नवदीप सैनीले २–२ विकेट लिए ।
त्यसअघि दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको बेङ्गलोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६३ रन बनाएको थियो । बेङ्गलोरका लागि युवा ओपनर देबदत्त पाडिक्कल र एबी डे भिलियर्सले अर्धशतक प्रहार गरे ।

पाडिक्कलले ४२ बल खेल्दा ८ चौका मद्दतमा सर्वाधिक ५६ रन बनाए । यस्तै डे भिलियसर्सले ३० बल खेल्दै ४ चौका र २ छक्का मद्दतमा ५१ रन बनाए । यस्तै आरोन फिन्चले २९ र कप्तान कोहलीले १४ रन जोडे । हैदरावादका लागि टि नटराजन, अभिषेक शर्मा र विजय शंकरले १–१ विकेट लिए ।

प्रतिक्रिया