लाजिम्पाटमा ब्याडमिन्टन र टेनिस कोर्ट सञ्चालनमा

काठमाडौं । राजधानीको मुटु लाजिम्पाटमा ब्याडमिन्टनको कभर्डहल र टेनिस कोर्ट सञ्चालनमा आएको छ । फ्ल्यास स्पोर्ट्सले लाजिम्पाटमा दुई वटा ब्याडमिन्टन कोर्ट र दुई वटा टेनिस क्ले कोर्ट सञ्चालनमा ल्याएका हुन् । उक्त ब्याडमिन्टन कोर्ट र टेनिस कोर्टको मंगलबार राष्ट्रिय खेलकुद परिषदका सदस्य तथा नेपाल ब्याडमिन्टन संघका वरिष्ठ उपाध्यक्ष सुभास श्रेष्ठले उद्घाटन गरेका छन् । निर्माण गरेको कभर्डहललाई राखेप सदस्य श्रेष्ठले ब्याडमिन्टन खेल्दै कभर्डहल र टेनिस कोर्टको उद्घाटन गरेका हुन् । टेनिस कोर्ट सञ्चालनमा आइसकेको छ भने ब्याडमिन्टन कोर्ट सम्पन्न हुने अन्तिम चरणमा रहेका छन् ।

कभर्डहल र टेनिस कोर्टको उद्घाटन गर्दै राखेप सदस्य श्रेष्ठले खेलकुद प्रवद्र्धन गर्ने उद्देश्यले खुलेका कुनै पनि खेलकुदका संस्थालाई आफुले सक्दो सहयोग गर्ने बताउदै खेलकुदको नाममा भ्रष्टचार गर्न खोज्ने जो कोहीलाई नछोड्ने बताएका छन् । उनले ब्याडमिन्टन कोर्टलाई दुईपटा योनेक्स ब्रान्डको ब्याडमिन्टन वल्ड फेडेरेसन (बिडब्लुएफ) बाट मान्यता प्राप्त ब्याडमिन्टन नेट छिट्टै उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

वरिष्ठ ब्याडमिन्टन इन्टरनेसनल टेक्निकल अफिसियल उदय अर्याल तथा ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदिप योन्जनले आ–आफ्नो क्षेत्रबाट फ्ल्यास स्पोर्ट्सलाई सक्दो सहयोग र प्राविधिक सहयोग गर्ने बताएका छन् । फ्ल्यास स्पोर्ट्सका सञ्चालक श्रवण कार्कीले कोभिड १९ बाट सबै कुरा प्रभावित भएर बन्द रहेको अवस्थामा खाली रहेको जग्गालाई सदुपयोग गरेर खेलकुदको संरचना बनाएको बताए । उनले यसलाई सामाजिक र व्यवसायिक दुवै तरिकाले अघि बढाउदै लैजाने बताए ।

प्रतिक्रिया