पाँचथरको राँकेमा सामुदायिक स्वास्थ्य कार्यालय

पाँचथर । जिल्लाको फाल्गुनन्द गाउँपालिका स्थित राँके बजारमा सामुदायिक स्वास्थ्य इकाई कार्यालय स्थापना गरि उद्घाटन गरिएको छ । आईतबार एक कार्यक्रमको वीच स्वास्थ्य इकाईको उद्घाटन गरिएको हो । जिल्ला जिसस प्रमुख विष्णुप्रसाद सापकोटा (विमल)ले उद्घाट पछि, यस स्वास्थ्य इकाईको स्थापनाले यस क्षेत्रका नागरिकहरु स्वास्थ्य सेवा बाट लाभान्वित हुने बताए । उनले भने ‘यस स्वास्थ्य इकाईलाई अव औषधी उपकरण, दक्ष जनशक्ति ल्याएर गुणस्तर रुपमा संचालन गरी नागरिकलाई स्वास्थ्य सेवा दिने हो, यसका लागि यस क्षेत्रका नागरिकहरु सक्रिय भएर लाग्नुको विकल्प छैन् ।’

यस्तै राँकेबजार बाट फिदिम बजारमा सारिएको जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रको विषयलाई लिएर बजार क्षेत्रका स्थानियले गरेको आन्दोलन फिर्ता लिन उनले आन्दोलनरत पक्षलाई आग्रह गरेका छन । उनले भने, ‘आवश्यक नै हो भने आयुर्वेद स्वास्थ्य केन्द्रको विषयमा पनि अध्ययन गरौला तर आयुर्वेद स्वास्थ्य केन्द्र भन्दा सामुदायिक स्वास्थ्य इकाईबाट यस क्षेत्रका नागरिकले वढि सेवा पाउनेछन् ।’ प्रदेश १ अन्र्तगत सामाजिक विकास मन्त्रायले गरेको निरन्तरको तागेताको कारण स्वास्थ्य आयुर्वेदिक केन्द्र सारिएको प्रमुख सापकाटोको भनाइरहेको छ ।

यस्तै कार्यक्रममा वोल्दै नेकपा पाँचथरका अध्यक्ष राजकुमार भण्डारीले यस क्षेत्रमा स्थापना गरिएको सामुदायिक स्वास्थ्य इकाई बाट यस क्षेत्रका नागरिकले घरदैलो मै सेवा पाउने भन्दै स्वास्थ्य इकाईलाई यस क्षेत्रका नागरिकहरुले अपनत्व ग्रहण गरी संरक्षण गरेर लैजानुपर्ने बताए । भण्डारीले भने, ‘यहाँ रहेको आयुर्वेदिक स्वास्थ्य केन्द्र भन्दा अहिले स्थापना भएको सामुदायिक स्वास्थ्य इकाईले नागरिकले स्वास्थ्य सेवा तुलानात्मक रुपमा वढि पाउनेछन्, स्वास्थ्य संस्थाको गुणस्तरमा भने जोड दिन स्थानिय, प्रदेश, संघिय सरकार लगायत यस क्षेत्रका नागरिकहरु लाग्न आवश्यक छ ।’


यस्तै कार्यक्रममा वोल्दै फाल्गुनन्द गाउँपालिका अध्यक्ष विरबहादुर कुरुम्बाङले सामुदायिक स्वास्थ्य इकाईबाट यस क्षेत्रका नागरिकहरु लाभान्वित हुने बताउँदै यस स्वास्थ्य इकाईलाई पालिकाले समेत ब्यवस्थित गर्दे लैजाने भनाई ब्यक्त गरे ।  प्रदेश र संघिय सरकारले समेत स्वास्थ्य इकाईको गुणस्तर सुधार्न सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष देवित्रा आङदेम्बेले यो स्वास्थ्य आयुर्वेदिक केन्द्रलाई सारेर ललिपप देखाउन मात्रै स्वास्थ्य इकाई ल्याइएको हो, कि साच्चिकै आयुर्वेदिक केन्द्र भन्दा गुणस्तरीय सेवा यस इकाईले प्रदान गर्ने हो त्यो हेर्न बाँकी रहेको बताएकी छन । उपाध्यक्ष आङदेम्बेले अधिकार गाउँगाउँमा भन्ने अहिले गाउँघरमा सेवा प्रदान गरिरहेको आयुर्वेदिक स्वास्थ्य केन्द्रलाई रातारात सदरमुकाम फिदिम सार्नु पर्ने कारण जनतालाई स्पष्ट पारिनुपर्ने माग गरेकी छन ।

कार्यक्रममा वोल्दै राँके बजार ब्यवस्थापन समितीका अध्यक्ष श्री विष्टले ललिप देखाउनलाई मात्रै स्वास्थ्य इकाई केन्द्र ल्याइएको हुन सक्ने आशंका ब्यक्त गरेका छन ।  बजार ब्यवस्थापन समिति लगायत अन्य विभिन्न संघ संस्थाहरुले पहिल्यै कै स्थानमा आयुर्वेदिक स्वास्थ्य केन्द्र राखिनुपर्ने भन्दै आन्दोलन गरिरहेका छन् । उक्त आन्दोलन अहिले तत्कालन नरोकिने समिती अध्यक्ष विष्टको भनाई छ ।

समितीले राँकेमा रहेको आयुर्वेदिक स्वास्थ्य केन्द्र फिदिममा सारिएको भन्दै राँकेमा राखिनुपर्ने माग गर्दे जिसस,गाउँपालिका तथा प्रशासन कार्यालयमा धर्ना घेराऊ,मेचीराजमार्गमा चक्काजाम गर्ने लगायतका आन्दोलनका कार्यक्रम घोषणा गरिसकेको थियो । अहिले जिल्ला अस्पताल पाँचथरको मातहत रहने गरी स्थापना गरिएको स्वास्थ्य इकाईमा अहेब राधिका चेम्जोङ र कार्यालय सहयोगी नन्दलाल चेम्जोङ गरी दुई जनाको दरवन्दी रहेको छ । विस्तारै दरवन्दी थप्दै लगिने सामुदायिक स्वास्थ्य इकाई राँकेले जनाएको छ । गत भदौ १४ गते रातरात राँकेमा रहेको आयुर्वेदिक स्वास्थ्य केन्द्र सदरमुकाम फिदिममा सारिएपछि त्यस क्षेत्रका नागरिकहरु आन्दोलित रहेका छन् ।

प्रतिक्रिया