कोरोना रोकथाम गर्न बन्दको आह्वान

पाँचथर । फिदिम नगरपालिकाले कोरोना रोकथामका लागि बन्दको आह्वान गरेको छ । शुक्रबार बिहानैदेखि अत्यावश्यक बाहेक बजारका पसल तथा यातायात बन्द देखिएका छन् । नगरको अनुरोध पत्र अनुसार नगरपालि भित्र भदौ ११ गते राती १२ बजेबाट अत्यावश्यक सेवा बाहेक अन्य सेवाहरु एक हप्ताको लागि वन्द गरिने छन ।

अत्यावश्यक सेवाहरुमा स्वास्थ्य, सूचना तथा सञ्चार, सुरक्षा, खानेपानी, ईन्धन, फोहोरमैला, विद्युत, दैनिक उपभोग्य खाद्यबस्तु बाहेकका उद्योग व्यवसाय आदि बन्द रहनेछन । त्यस्तै एम्बुलेन्स बाहेक सवारी आवागमन र मानिसको आवतजावत नगर्नु नगराउनु हुन, अत्यावश्यक भई एम्बुलेन्स वा अन्य सवारीमा यात्रा गर्नु हुनेहरुले पनि आधिकारीक निकायको सिफारिस र सवारी पास बेगर सवारी नचलाउन नगरपालिकाले अनुरोध गरेको छ ।

त्यस्तै सवारी पास वा अत्यावश्यक सेवाका कर्मचारी तथा जनप्रतिनिधिहरुले कार्यालयबाट जारी परिचयपत्र नबोकी कुनै पनि सवारी साधन नचलाउन, जिल्ला बाहिरबाट आएका व्यक्तिहरुले अनिवार्य रुपमा क्वारेन्टाईनमा बसी स्वाव परिक्षण गराउन र अति आवश्यक काम परि बाहिर निस्कनु परेमा सुरक्षा निकायमा जानकारी गराएर स्वास्थ्य र सुरक्षाका मापदण्ड पालन गरेर निस्कन नगरले अनुरोध गरेको छ ।

अत्यावश्यक सामाग्री विक्रेता र खरिदकर्ताले साबुनपानीले हात धुने, माक्स स्यानिटाईजर प्रयोग गर्ने, भौतिक दूरी २ मिटर कायम गर्ने सामानलाई प्रकृति अनुसार स्यानिटाईजर गर्ने वा तातोपानीले पखाल्ने, भिडभाड हुने कार्य नगर्ने नगराउने, संस्कारजन्य सामाजिक व्यवहारमा १५ जना भन्दा बढीको जमघट नगर्ने नगराउन सवैलाई अनुरोध गरिएको छ ।

कुनै पनि कार्यस्थालमा एकै साथ १० जना भन्दा बढी भेला नहुन, खाद्यबस्तु दुधजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु पसल विहान ९ बजेसम्म मात्र खोल्ने, बैकिङ सेवा, विद्युतिय माध्यमबाट वा नेपाल राष्ट्र बैंकले तोकेको संख्यामा आवश्यक सेवा प्रवाह गर्ने, मापदण्डको पालना नगर्नेलाई प्रचलित कानुन बमोजिम कार्वाही हुने हुंदा सर्तक रहनको लागि अनुरोध गरिएको नगरका प्रमुख प्रशासकीय अधिकृत अम्बिका प्रसाद अधिकारीले बताए । नगरको बन्दको आवहानलाइ पालना गरेको देखिन्छ । फिदिम बजार प्राय बन्द रहेको छ । सवारी चालकहरुलाइ सुरक्षामा खटिएका नेपाल प्रहरीले सोधपुछ गरिररहेको छ, भने मोटरसाइकल सवार व्यक्तीले उपचारका लागी अस्पताल गएको प्रहरी समक्ष बताइरहेका छन ।

प्रतिक्रिया