फिदिम बजार बन्द, सवारीसाधनमा रोक

पाँचथर । कोरोना संक्रमण बढेपछि फिदिम बजार बन्द गर्नुका साँथै सवारीसाधनमा रोक लगाइएको छ । कोराना संक्रमणबाट बच्नका लागि फिदिम नगरपालिकाले बिहिबार उक्त निर्णय गरेको हो ।  फिदिम बजारमा अत्याआवस्यक बाहेक सबै पसल बन्द रहने जनाइएको छ । बिहिबार बिहान १२ बजे देखि भदौ १८ गते सम्म बन्द रहेने नगरपालिकाका पमुख प्रशासकिय अधिकृत अम्बिका प्रसाद अधिकारीले जानकारी दिए ।

नगरले अत्यावश्क काम बाहेक हिडडुल नगर्न सर्बसाधारणलाई आग्रह गरेको छ । यता डिसिएमसि समितिले भदौ १८ गते राती १२ बजेसम्मलाई सवारी साधन बन्द रहेने, बैक बितिय सस्था, सरकारी कार्यालका कर्मचाररीहरुलाई बिदा नदिने जनाइएको छ । कर्मचारीहरुलाई जिल्ला छाड्न नदिने, मरुमराउ जस्ता कार्यहरुमा कडाइ तथा तिन दिनभित्रमा आइसोलेसन तयार पार्ने निर्णय गरिएको र लागु हुने प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार गुरागाई जनाए । जिल्लाबासिहरु लाई नियम पालना गर्न डिसिएमसिले प्रेस नोट जारी मार्फत लागु गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया