नरेशले ल्याए मर्मस्पर्सी गीत ‘मेरो बाबा भगवान्’

काठमाडौं । सर्जक एवं गायक नरेश खाती क्षेत्रीले मर्मस्पर्सी गीत ‘मेरो बाबा भगवान्’ ल्याएका छन् । खातीको आफ्नै शब्द रचना र संगीतमा तयार भएको उक्त गीतमा गायिका एलिना चौहानले उनलाई आवाजमा साथ दिएकी छन् ।

त्यस गीतमा विशाल निरौलाको संगीत संयोजन रहेको छ । त्यस्तै, गीतको भिडियोमा उनै गायक नरेश खाती र गायिका एलिना चौहान देखिएका छन् ।

‘मेक्सम–नरेश अफिसियल’ नाम गरेको युट्यूब च्यानलमार्फत उक्त भिडियो सार्वजनिक गरिएको छ । नजिकै आइरहेको बुवाको मुख हेर्ने दिन ‘कुसे औँशी’ को अवसर पारेर बुवाको महत्वबारे सबैलाई सन्देश दिने खालको मौलिक गीत ल्याएको नरेशले बताए ।

कुसे औँशी पर्व आगामी भदौ ३ गतेको दिनमा परेको छ । त्यस दिनमा हिन्दु धर्म परम्परा अनुसार देश तथा विदेशमा बस्ने नेपालीहरुले जन्म दिने बुवाको सम्झना गरिन्छ भने साथमै हुनेले विभिन्न तरिकाले सम्मान गरिन्छ ।  उनका यसभन्दा अघि पनि धेरै मौलिक गीतहरु बजारमा आइसकेका छन् ।

प्रतिक्रिया