मलेसियामा नेपाली सेक्युरिटीलाई नेपाली नै कुटेका थिए

काठमाडौं । केही समय अघिदेखि सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियोमा देखिएको एक नेपाली सेक्युरिटीलाई निर्मम तरिकाले कुट्ने अर्का व्यक्ति पनि नेपाली नै भएको पाइएको छ । त्यस भिडियोमा मलेसियामा कार्यरत एक जना नेपाली सेक्युरिटी गार्डलाई निर्मम तरिकाले कुटेको प्रत्यक्ष देख्न सकिन्छ ।

ती सेक्युरिटी गार्ड ड्युटीमै भएको समयमा निर्मम तरिकाले कुटाइ खाइरहे पनि केही बोल्न सक्दैनन । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि मलेसियास्थित नेपाली राजदूतावासले उक्त घटनाबारे गम्भीर अनुसन्धान सुरु गरेर उनलाई कुट्ने व्यक्ति पनि नेपाली नै भएको एक विज्ञप्ति सार्वजनिक गरेको छ ।

आज सार्वजनिक भएको राजदूतावासको उक्त विज्ञप्तिमा जारी गर्दै दूतावासले कुट्ने र कुटिने दुबै जना नेपाली नागरिक भएको जनाएको हो । सेक्युरिटी गार्डलाई कुट्ने व्यक्ति सुपरभाइजरको काम गर्ने कपिलवस्तुका रामगोपाल नुराउ भएको विज्ञप्तिमा उल्लेख छ । ती व्यक्तिले सोही मलमा सेक्युरिटीको काम गर्ने इस्लाम हुसेन नाम गरेका युवकलाई लठ्ठी र मुक्का प्रहार गरेर निर्मम तरिकाले कुटेको भिडियोमा प्रत्यक्ष देख्न सकिन्छ ।

प्रतिक्रिया