राष्ट्रिय वाणिज्य बैंक शाखाका प्रबन्धक शाही पक्राउ

काठमाडौं । बाँकेस्थित नेपालगञ्जको राष्ट्रिय वाणिज्य बैंक शाखाका प्रबन्धक ललितबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ । बैंकलाई झुक्याएर ऋण लिएको अभियोगमा पक्राउ परेका क्रणीको बयानको आधारमा आज उनलाई पक्राउ गरेको प्रहरीको भनाइ छ ।

नेपालगञ्ज उपमहानगरपालिका–११ का सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढ राष्ट्रिय वाणिज्य बैंकलाई झुक्याएर १ करोड २५ लाख रुपैयाँ ऋण लिएको आरोपमा गत २७ जेठमा पक्राउ परेका थिए ।

उनीमाथि जग्गाधनी लालपूर्जा, ट्रेस, नक्सा र कर तिरेको रसिद र सरकारी कागजात किर्ते गरेको आरोप लागेको प्रहरीले जनाएको छ । उनको बयान र अनुसन्धानका आधारमा बैंकका प्रबन्धक शाहीलाई प्रकाउ गरेको बताइएको छ ।

अर्का जसगढमाथि मालपोत कार्यालय, नेपालगञ्ज उपमहानगरपालिकाको लेटरप्याड, हस्ताक्षर, छाप र प्रमुखको हस्ताक्षरसमेत किर्ते गरेको आरोप लागेको प्रहरीले जनाएको छ ।

मुद्दाको अनुसन्धान गर्ने क्रममा बैंक प्रबन्धक शाहीलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । शाहीमथि जिल्ला अदालत बाँकेबाट अनुसन्धानको लागि म्याद थप भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया