बस दुर्घटनामा चालकको मृत्यु

दैलेख । दैलेखको गुराँस गाउँपालिका– ४ घोडावासमा बस दुर्घटना हुँदा बस चालकको मृत्यु भएको छ । बुधबार भारतबाट आएका नागरिकहरु लिएर दैलेख आएको बस उनिहरुलाई दैलेख छोडेर फर्केने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

भारतबाट आएका नागरिकहरुलाई क्वारेन्टाइनमा छोडेर कञ्चनपुर जाँदै गरेको ना ५ ख १६८५ नंबरको बस उकालो बाटोमा चढ्ने क्रममा ब्याक हुँदा दुर्घटना भएको र घटना स्थलमै चालको मृत्यु भएको ट्राफिक कार्यालय दैलेखका चन्द्र कार्कीले जानकारी दिए । उनका अनुसार सहचालक घाइते भएकोर उनलाइ तत्काल सुर्खेत पठाउन लागेको छ ।

प्रतिक्रिया