डिसहोममा ‘धुलो’

काठमाडौं । रिक्साचालकको कथामा बनेको चलचित्र ‘धुलो’ डिसहोमबाट सार्वजनिक गरिएको छ । गएको फागुनमा सार्वजनिक भएको यो चलचित्र लकडाउनको समयावधि बढेपछि दर्शकलाई मनोरञ्जन दिने लक्ष्यका साथ सार्वजनिक गरिएको निर्माण पक्षले जनाएको छ । आइतबारबाट बन्दाबन्दीका कारण घरमै बसेका दर्शकका लागि समय बिताउन सजिलो होस् भन्ने उद्देश्य राखेर चलचित्र डिसहोममा रिलिज गरिएको निर्देशक प्रद्युम्न मिश्रले बताए ।

उनले चलचित्रले रिक्सा चालकको सपना, लक्ष्य, संघर्ष र जीवनशैलीलाई प्रस्तुत गरेको जनाउँदै समाजमा गरिखाने वर्गको यथार्थ विषय उठाएको सुनाए । चलचित्रमा अभिनेता अग्रज केसी, बुद्धि तामाङ, सृजना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे र बालकलाकार सुदीप कार्कीको मुख्य भूमिका रहेको छ ।

त्यस्तै, नीर शाह, सुशील पोखरेल र लक्ष्मी बर्देवाको विशेष भूमिका रहेको यो चलचित्रको छायांकन रविन आचार्यले गरेका हुन् । सिके वाग्लेको प्रस्तुति रहेको यो चलचित्रको निर्माता लक्ष्मी गौतम र नानीराम फुँयाल हुन् । चलचित्रमा सुवास सिंह बस्न्यातको लेखन र अर्जुन जिसीको सम्पादन गरेका छन् । त्यस्तै, चलचित्रमा रामजी लामीछानेले कोरियोग्राफी गरेका छन् ।

प्रतिक्रिया