बलिउड निर्माता करण जोहर आइसोलेशनमा

बलिउडका चर्चित निर्माता करण जोहरले आफ्नोे घरमा काम गर्ने दुई व्यक्तिमा कोरोना संक्रमण देखिएको ट्वीटरद्धारा जानकारी गराएका छन् ।

ट्वीटरमा उनले ती दुई कर्मचारीमा लक्षणको पत्ता लागेपछि आफ्नै घरको एक हिस्सामा क्वारेन्टाइनमा राखेको बताए । नियमका अनुसार बीएमसीले उनको पूरा भवनलाई स्यानिटाइज गरेको पनि उनले जानकारी दिए ।

करण जोहरले लेखे, ‘परिवारका सबै सदस्य र अन्य सहयोगीको कोरोना परीक्षण गरिएको छ, जुन नेगेटिभ आएको छ । तर हाम्रा आसपासका मानिसहरु सुरक्षाका लागि १४ दिनका लागि हामी आइसोलेशनमा हुनेछौं ।’

प्रतिक्रिया