थप ९ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ४५३ पुग्यो

काठमाडौं । पछिल्लो समय बिहीबार मात्रै नेपालमा थप ९ जना कोरोना संक्रमणका बिरामी पुष्टि भएको छ । आज थपिएकासँगै संक्रमित संख्या ४५३ जना पुगेको छ ।

यसका साथै त्यही संक्रमित मध्येका आजै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु अस्पतालबाट उपचारपछि चारजना निको भएर घर फर्किएका छन् भने हालसम्म निको हुने व्यक्तिको संख्या ४९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए । त्यस्तै, कोरोनाबाटै मृत्यु हुनेको संख्या तीनजना पुगेको छ ।

केही दिनअघि सिन्धुपाल्चोककी २९ वर्षीया महिला र बाँकेका २५ वर्षीय युवकको मृत्यु भइसकेको थियो भने बिहीबार नै गुल्मीका ४१ वर्षीय पुरुषको रुपन्देहीस्थित क्रिमसन अस्पतालमा उपचाररत बिरामीको कोरोनाबाटै मृत्यु भएको प्रवक्ता देवकोटाले जानकारी दिए । आज मृत्यु हुने व्यक्ति पेशाले शिक्षक थिए ।

प्रतिक्रिया