कोरोनासँगै नेपालको हवाई यातायातका चुनौती

                   शोभा ढकाल

कोभिड–१९ को वैश्विक महामारीको चपेटामा हवाई सेवा परेको छ । कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि विश्वभरी नै हवार्ई यातायात लगभग ठप्पजस्तै छ । यस क्षेत्रमा काम गर्ने लाखौं श्रमिक बेरोजगार बन्ने अवस्था सिर्जना भएको छ । यातायातमा विश्वमै अधिक क्षेत्र समेटेको हवार्ई सेवा बन्द हुँदा यसको प्रत्यक्ष प्रभाव आर्थिक, सामाजिक तथा मानवीय जीवनमै गहन ढंगले परेको छ ।

नेपालमा पनि यसको प्रत्यक्ष प्रभाव देखिन थालेको छ । लकडाउन सुरु भएदेखि बन्द भएको हवार्ई उडान कहिले सञ्चालनमा आउँछ निश्चित छैन । हजारौंको रोजीरोटी गाँसिएको यो क्षेत्रमा परेको प्रभावले आर्थिक संकटलाई अझ गहिराउने अवस्था सिर्जना भएको छ । आकाशमार्गको माध्यमबाट एक स्थानबाट अर्को स्थानमा आवतजावत गरिने यात्रालाई हवार्ई यातायात भन्ने गरिन्छ ।

यातायातका विभिन्न माध्यममध्ये हवार्ई यातायात पहाडी तथा हिमाली क्षेत्रका लागि निकै उपयोगी हुन्छ । नेपाल भूपरिवेष्ठित मुलुक भएकाले जल यातायातको सम्भावना निकै कम छ । ठूला नदीमा यसको झिनो सम्भावना भए पनि नेपालका लागि यो निकै कठिन कार्य हो । त्यसैगरी हिमाली तथा पहाडी क्षेत्रमा सडक यातायातसमेत अपेक्षित ढंगले बनाउन सकिएको छैन ।

दुर्गम क्षेत्रका लागि जहाँ सडक यातायातको पहुँच पुगेको छैन त्यहाँ खाद्यान्न, औषधि लगायतका अत्यावश्यक सामग्री ढुवानीका लागि हवार्ई यातायात नै प्रभावकारी र सहज माध्यम बन्दै आएको छ । दैविक विपत्ति, महामारी तथा प्रतिकूल अवस्थामा हवाई यातायातको महत्व विशिष्ट रहन्छ । छिटो खोज–अनुसन्धान, उद्धार तथा सेवा पु¥याउनका लागि समेत हवाई यातायातको महत्व विशेष नै रहेको हुन्छ ।

नेपालमा हवाई यातायातको सुरु भएको लगभग ७० वर्ष भयो । नेपालमा हवाई यातायात सञ्चालन २००६ साल वैशाख ११ गते काठमाडौंको गौचरणमा भारतको विमान उत्रेदेखि सुरु भएको हो । नेपालमा राणा शासनको अन्त्यसँगै हवाई यातायात सेवाले गति लिएको पाइन्छ । इण्डियन नेसनल एयरवेजले सन् १९५१ मा काठमाडौं पटनाबीच हवाई उडान गरी विमान सेवाको थालनी गरेको थियो । त्यस्तै १९५३ मा इण्डियन एयरलाइन्सले नेपालमा आन्तरिक उडान सुरु गरेको पाइन्छ ।

त्यसअन्तर्गत विराटनगर, पोखरा, सिमरा, भैरहवा लगायतका स्थानमा उक्त एयरलाइन्सले उडान भरेको थियो । नेपालमा हवाई उडानलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि सन् १९५६ मा हवाई सेवा विभागको स्थापना गरिएको थियो । त्यस्तै, सन् १९५८ जुलाई १ देखि नेपाल वायुसेवा निगमको स्थापना गरी हवाई सेवाको कार्य प्रारम्भ गरियो । स्थापनाकालमा यसले आफ्नो उडान सिमरा, भैरहवा, विराटनगर, पोखरा लगायतका स्थानमा गरेको थियो ।

यस्तै, सन् १९६० मा नेपाल वायुसेवा निगमले आफ्नो सेवा दिल्ली, कलाकत्ता र पटनामा विस्तार गरी अन्तर्राष्ट्रिय सेवाको सुरुवात् समेत ग¥यो । आन्तरिक उडान विस्तार गर्नेक्रममा निगमले सने १९७१ देखि लुक्लामा उडान सुरु गरेको थियो । त्यसैगरी, १९७२ मा रुम्जाटार, तुम्लिङटार, लामिडाँडा र जुम्लामा सेवा विस्तार ग¥यो । नेपाल सन् १९६० मा अन्तर्राष्ट्रिय नागरिक उडड्यन संगठन ९आइसिएओ० को सदस्य बनेसँगै हवाई यातायात सेवाले अन्तर्राष्ट्रिय मान्यता समेत पाउँदै गयो ।

प्रजातन्त्रको पुनःस्थापनापश्चात् विसं। २०४९ जेठ ४ गतेबाट नेपालमा पहिलोपटक निजी स्तरबाट हवाई सेवा सुरु भयो । २०५० सालमा हवाई नीति आएसँगै हवाई यातायातले थप गति लिँदै गयो । नागरिक उडड्यन प्राधिकरण ऐन २०५३ लागू भएसँगै २०५५ साल पुस १६ गते नागरिक उडड्यन प्राधिकरणको स्थापना भयो । नेपाल एक सांस्कृतिक, प्राकृतिक, जैविक तथा पर्यावरणीय विविधता भएको मुलुक हो । यी चीजको समुच्य विकास तथा प्रवद्र्धन गरी आर्थिक उपार्जनको दिशामा अघि बढ्न सकिन्छ ।

नेपालको भौगोलिक अवस्था त्यति सहज नभएको र जल तथा सडक यातायातको पहुँच नपुगेकाले हवाई यातायातको महत्व अझ बढी रहेको छ । साथै पर्यटन प्रवद्र्धनमा समेत हवाई यातायात नै बढी प्रभावकारी रहँदै आएको छ । नेपालको उडड्यनलाई विश्वको हवाई उडड्यन उद्योगजस्तै विकास गर्नुपर्ने प्रमुख चुनौती रहेको छ । हवाई सुरक्षा, स्तरीय विमानस्थल निर्माण, व्यवस्थापन तथा सञ्चालनतर्फ ध्यान दिनु अर्को महत्वपूर्ण पाटो हो ।

हवाई यातायातसँग सम्बन्धित सेवा र सुविधा विस्तार, विकास तथा सञ्चालनमा स्वदेशी तथा विदेशी निजी लगानीकर्तालाई आकर्षित गरी स्वस्थ्य एवं प्रतिस्पर्धात्मक बनाउनु अर्को चुनौतीपूर्ण अवस्था छ । त्यसैगरी, हवाई दूर्घटना कम गर्ने, सुविधासम्पन्न विमानस्थल निर्माण नेपालको हवाई क्षेत्रको अर्को चुनौतीका रुपमा रहेको छ । नेपालमा एउटा अन्तर्राष्ट्रिय विमानस्थल र ४८ वटा आन्तरिक विमानस्थल रहेका छन् । भैरहवा र पोखरामा बन्न लागेका अन्तर्राष्ट्रिय स्तरका विमानस्थलले नेपालको हवाई सेवालाई अझ विस्तार गर्ने आशा लिन छ ।

नेपालमा रहेका प्रायः आन्तरिक विमानस्थल कालोपत्रे गरिएका छन् र केहीमा कालोपत्रे गर्नेक्रम जारी छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको साँघुरो टर्मिनल भवन, रनवे, सुविधा र सुरक्षा व्यवस्थापनमा उल्लेखनीय सुधार नहुनु र पहाडी तथा विकट क्षेत्रमा साँघुरा विमानस्थलमा एयर ट्राफिक कम्युनिकेसनसँगै दक्ष र अनुभवी एयर ट्राफिक कन्ट्रोलरको अभाव, छिटो निर्णय दिनसक्ने जनशक्तिको अभाव र नियमन कार्य प्रभावकारी नहुँदा उडड्यन सुरक्षामा चुनौती थपिएका छन् । नेपालको भौगोलिक अवस्थासँगै भिन्न हवाई कम्पनीले विभिन्न प्रकारका हवाईजहाजको सेवाको उडानले पनि नेपाली आकाशमा समय समयमा हवाई दूघर्टनाहरु दोहोरिने समस्या छ । कुनै पनि मुलुकको हवाई उडान सुरक्षाको एक प्रमुख सूचकको रुपमा त्यस मुलुकका दर्ता भएका यात्रुबहाक वायुयानको दूर्घटना दरलाई लिने गरिन्छ । अबका दिनमा हवाई यातायातलाई नयाँ धारबाट हेर्नुपर्ने देखिन्छ । विगतका कमीकमजोरीलाई सुधार गर्दै प्राविधिक र भौतिक रुपमा विमानस्थल र हवाई यातायातको सुधार गर्नुपर्दछ ।

जसका लागि युरोपियन युनियनको कालोसुचीबाट छुटकारा पाउनका लागि हवाई दूर्घटना दर न्यूनिकरण गर्ने, नियमक रुपमा रहेको नागरिक उडड्यन प्राधिकरणलाई तत्काल नियामक र सञ्चालन अंगमा विभाजन गर्नुपर्दछ । दूघर्टनाको कारण पत्ता लगाइ भविष्यमा सुधार गर्दै जाने वातावरण निर्माण गरिनु पर्दछ । मौसमसम्बन्धी उपकरणहरुको उपलब्धता र व्यापक प्रयोग गर्दै प्राधिकरणको नियमनकारी भूमिकालाई प्रभावकारी, निरन्तर र व्यवस्थित गर्नुपर्दछ ।

विमानस्थलको स्तर उन्नति गरी सञ्चालन र व्यवस्थापनलाई चुस्त दुरुस्त राख्दै युरोपियन देशहरुको सुरक्षा चासोलाई समयमै संबोधन गर्नुपर्दछ । समग्रमा नागरिक उडड्यनसम्बन्धी संस्थागत, संरचनागत तथा ऐन नियमनको समयापेक्ष सुधार गर्नुपर्दछ । नेपालको भौगोलिक अवस्थिति र भू–धरातलीय स्वरुपका कारण आन्तरिक तथा बाह्य सम्पर्कका लागि हवाई यातायात सर्वाधिक भरपर्दो माध्यमको रुपमा रहेको छ ।

स्तरीय हवाई सेवाका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार लगायत आधुनिक प्रविधिको प्रयोग गरी छोटो र लामो दुरीको हवार्ई सेवा सञ्चालन गर्नसक्ने विमानस्थलहरुको विकास गर्नुपर्दछ । साथै अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप उडड्यन एवं हवाई सुरक्षालाई सुनिश्चित गर्दै सुरक्षित, सुलभ हवाई यातायातका माध्यमबाट पर्यटन तथा व्यापार प्रवद्र्धनमा सहयोग पु¥याउने सरकारको नीति रहेको छ । नागरिक उडड्यनको क्षेत्रमा विश्वले निकै फड्को मारेको छ ।

अन्तर्राष्ट्रिय रुपमै र खासगरी एसिया प्रशान्त क्षेत्रमा हवाई ट्राफिकमा भएको उल्लेखनीय वृद्धि, विश्व जनमानसमा बढेको पर्यटकीय महत्व र निजीकरणको माध्यमद्वारा औद्योगिक विकासले हवाई यातायातको आवश्यकता अझ बढेर गएको देखिन्छ । नागरिक उडड्यन क्षेत्रमा निजी क्षेत्रको सहभागिता एवं वायु सेवामा देखिएको प्रतिस्पर्धा बढ्दै गएकाले नेपालमा हवाई यातायातको सम्भावना निकै बढेर गएको छ । गएको डिसेम्बरबाट फैलिएको कोरोना भाइरसले विश्वलाई नै त्राही त्राही बनाएको छ ।

यो वैश्विक महामारीको चपेटामा हवाई क्षेत्र पनि परेको छ । अहिले विश्वका अधिकांश देशले हवाई उडान बन्द गरेका छन् । नेपालमा पनि अहिले हवाई उडान ठप्प छ । यसले एकातिर आर्थिक संकट निम्ताइरहेको छ भने अर्कोतिर बेरोजगारीको संख्या थपिँदै गएको छ । कतिपय एयरलाइन्स कम्पनीले कामदार कटौती गरेका समाचार आइरहेका छन् । हवाई क्षेत्रमा पछिल्लो महामारीले दीर्घकालीन प्रभाव पार्ने देखिन्छ । यसबाट तंग्रिन आर्थिक राहतसँगै सुरक्षित हवाई उडानमा ध्यान दिनु जरुरी छ ।

प्रतिक्रिया