पूर्व राष्ट्रिय फुटबल खेलाडी रन्जितलाई कोरोना संक्रमण

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वसदस्य रन्जित श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । वैदेशिक रोजगारीको शिलशिलामा अहिले युएईको दुबईमा रहेका खेलाडी रन्जितलाई कोरोना भाइरसको संक्रमण देखिएको हो ।

आ फूलाई कोरोना पोजेटिभ देखिएको उनले बताएका छन् । कोरोनाको संक्रमण देखिए पनि स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिए ।

‘कोरोना पोजेटिभ देखिए पनि अवस्था सामान्य छ । आइसोलेसनमा बसिरहेको छु,’ सामाजिक सञ्जाल फेसबुकमा भिडियो पोष्ट गर्दै रन्जितले भनेका छन् । उनी सन् २००९ मा बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा नेपाली टिममा थिए ।

प्रतिक्रिया