बिरामीको नाममा स्वस्थ मानिस ओसार्दै एम्बुलेन्स

मुगु । लकडाउनको उल्लंघन गर्दै बिरामीको नाममा एम्बुलेन्सले स्वस्थ मानिस ओसारपोसार गरेको छ । सुर्खेतमा रहेको नेपाल अर्वाेद्ध निवारण संस्थाको एम्बुलेन्सले सुर्खेतदेखि मुगुसम्म बिरामीको नाममा खचाखच मानिस राखेर ओसारपोसार गरेको हो ।

भे १ च ६७६ नम्बरको उक्त एम्बुलेन्सले दुई जना बिरामीको नाममा मुगुका १२ जना स्वस्थ मानिस सुर्खेतबाट ल्याएको छ । उक्त एम्बुलेन्स मुगुका लागि मंगलवार सुर्खेतबाट छुटेको थियो ।

तर, एम्बुलेन्सले स्वस्थ मानिस ओसारपोसार गरेको आफूलाई पत्तो नभएको नेपाल  अर्वाेद्ध निवारण संस्था सुर्खेतका कर्मचारी दिपक रावतले बताएका छन् । उनका अनुसार दुई बिरामी र दुई जना कुरुवाको लागि ३८ हजार भाडामा एम्बुलेन्स पठाईएको थियो । तर, दुई बिरामीसहित १२ जना एम्बुलेन्समा मुगु आएका थिए ।

प्रतिक्रिया