सबै खेलाडी सेल्फ क्वारेन्टाइनमा

एजेन्सी, न्युजिल्यान्ड । अस्ट्रेलिया भ्रमणबाट फर्किएको न्युजिल्यान्ड टिमलाई १४ दिन सेल्फ क्वारेन्टनइनमा बस्ने निर्णय गरिएको छ । न्युजिल्यान्ड क्रिकेट बोर्डले बिहीबार यो जानकारी दिएको हो । कीवी टिमले तीन खेलको सिरिजका लागि अस्ट्रेलिया गएको थियो ।  पहिलो खेलमा न्युजिल्यान्ड पराजित भएको थियो । त्यसपछिका दुई खेल भने रद्ध गरिएको थियो । कोरोनाभाइरसका कारण टीमलाई स्वदेश फर्किन निर्देशन दिएको थियो ।

स्वदेश फर्कनासाथ सबै खेलाडी र सपोर्ट स्टाफलाई १४ दिनको सेल्फ आइशोलेसनमा राखिएको हो ।  नियम पालन गर्न निर्देशन न्युजिल्यान्ड क्रिकेट बोर्डले बिहीबार अस्ट्रेलियाबाट फर्किएका खेलाडी तथा सम्बद्ध अधिकारीहरूलाई नियमको कडाइसाथ पालन गर्न निर्देशन दिएको छ । बोर्डले भनेको छ‘ अस्ट्रेलिया भ्रमणबाट फर्किएका सबै १५ खेलाडी तथा सपोर्ट स्टाफलाई सेल्फ आइसोलेसनमा राखिएको छ ।

विश्वास छ सबैले नियमको पालना कडाइका साथ गर्ने छन् ।’ न्युजिल्यान्ड क्रिकेट बोर्डका पीआरओ रिचर्ड ब्रुकले भने ‘यो निकै महत्वपूर्ण हो, अहिलेको अवस्थामा यो गर्नु जरूरी छ । हामीले आइशोलेसनमा रहँदा पालन गर्नुपर्ने नियमको बारेमा जानकारी दिएका छौं ।’  न्युजिल्यान्डको सरकाले विदेश यात्राबाट फर्कने जोकोहिलाई पनि १४ दिनको सेल्फ आइशोलेसनमा बस्न निर्देशन दिएको छ । यदि कसैले यो नियम नमानेको खन्डमा उसलाई कानुनी कार्वाही गर्ने चेतावनी सरकारले दिएको छ ।

प्रतिक्रिया