सर्वाधिक मेडन ओभर फाल्ने पाँच खेलाडी

एजेन्सी, नयाँ दिल्ली । विश्वभर फैलिएको कोरोना भाइरसका कारण १३औँ संस्करणको आइपिएल स्थगित भएको छ ।  यसअघि २९ मार्चबाट सुरू हुने भनिए पनि कोरोनाकै कारण अप्रिल १५ सम्मका लागि स्थगित भएको हो । तर, १५ अप्रिलपछि पनि आइपिएल हुने वा नहुनेमा निश्चित छैन । आइपिएल इतिहासमा खेलाडी, खेल र क्रिकेटसँग सम्बन्धित धेरै किस्सा भएका छन् । खासगरी टी–ट्वान्टी क्रिकेटलाई ब्याट्सम्यानको खेल मानिन्छ । तर, जब बलर ब्याट्सम्यनलाई एक–एक रनका लागि तड्पाउँछ, त्यतिबेला खेलको नतिजा नै बेग्लै हुन्छ ।

त्यसैले यस रिपोर्टमा आइपिएल इतिहासका पाँच बलरको चर्चा गर्दै छांै । जसले आइपिएल इतिहासकै सर्वा्धिक मेडन ओभर फाल्ने रेकर्ड आफ्नो नाममा राखेका छन् ।  रोयल च्यालेन्जर बेङ्लोरबाट आइपिएलमा डेब्यू गरेका प्रवीण कुमार आइपिएलको इतिहासमा सर्वा्धिक मेडिन ओभर फाल्ने पहिलो खेलाडी हुन् । उनले २०१० को आइपिएलमा राजस्थान रोयल्सविरूद्ध ह्याट्रिक विकेट लिएका थिए ।

२०११ को आइपिएलमा प्रवीणले किंग्स इलेभेन पन्जाबबाट खेलेका थिए । उनले हालसम्म आइपिएलका ११९ खेलमा ४२० ओभर बलिङ गर्दा १४ ओभर मेडन फालेका छन् । २००७ मा भारतीय राष्ट्रिय क्रिकेट टिममा डेब्यु गरेका प्रवीणले सन् २०१८ मा ३२ वर्षको उमेरमा राष्ट्रिय टोलीबाट संन्यास लिएका थिए ।

किंग्स इलेभेन पन्जाबबाट आइपिएल सुरू गरेका इरफान पठान सर्वा्धिक मेडिन ओभर बलिङ गर्ने दोस्रो खेलाडी हुन् । उनले आइपिएलका १०३ खेलमा ३४० ओभर बलिङ गर्दा १० ओभर मेडन फालेका छन् । इरफानले पन्जाबसँगै दिल्ली डेयरडभिल्स, सनराइजर्स हैदरावाद र चेन्नाई सुपरकिंग्सबाट आइपिएल खेलिसकेका छन् ।

उनले १९ वर्षको उमेरमा भारतीय क्रिकेट टिममा डेब्यु गरेका थिए । सन् २००७ को टी–ट्वान्टी विश्वकप विजेता टोलीको सदस्य रहेका इरफानले जनवरी २०२० मा राष्ट्रिय क्रिकेटबाट बिदा लिएका थिए । टिम इन्डियाका लागि १२ एकदिवसीय र दुई टी–ट्वान्टी अन्तर्रा्ष्ट्रिय खेलेका धवल कुलकर्णी आइपिएलमा सर्वाधिक मेडन ओभर बलिङ गर्ने खेलाडीको तेस्रो स्थानमा छन् ।

मुम्बई इन्डियन्सबाट आइपिएलमा डेब्यू गरेका उनले गुजरात लायन्स र राजस्थान रोयल्सबाट खेलेका थिए । उनले आफ्नो आइपिएल करियरमा कुल ९० खेल खेल्दा २९० ओभर बलिङ गर्दै ८ ओभर मेडन फालेका छन् ।  खतरनाक बलरमध्येका एक हुन् लथिस मलिङ्गा । उनी १७० विकेट लिँदै आइपिएलमा सर्वा्धिक विकेट लिने खेलाडीसमेत हुन् । मुम्बई इन्डियन्सलाई चारपटक च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका खेलेका तीव्र गतिका बलर मलिङ्गाले पछिल्लो सिजनमा समेत उत्कृष्ट प्रदर्शन गरेका थिए ।

उनले पछिल्लो सिजनको आइपिएलका १२ खेलमा १६ विकेट लिए । उनले आइपिएलमा ४७१ ओभर बलिङ गर्दै ८ ओभर मेडन फालेका छन् ।
सन् १९९३ मा जन्मियका सन्दीप शर्माले २०१३ बाट आइपिएल खेल्न सुरू गरेका थिए । २०१७ सम्म लगातार किंग्स इलेभेन पन्जाबबाट खेल्दै आएका सन्दीपले ७९ खेल खेलेका छन् ।

उनले २९० ओभर बलिङ गर्दा ७.८१ को इसोनोमीमा ९५ विकेट लिएका छन् । सन् २०१२ मा यू–१९ विश्वकप टोलीबाट चिनिएका उनले पछिल्लो सिजन सनराइजर्स हैदराबादबाट खेलेका थिए । सन्दीपले पछिल्लो सिजनका ११ खेलमा १२ विकेट लिएका थिए । उनले हालसम्म आइपिएलमा ८ ओभर मेडन फालेका छन् ।

प्रतिक्रिया