सामीलाई पाकिस्तानकोे मानार्थ नागरिकता

इस्लामावाद । वेस्ट इन्डिजका पूर्वकप्तान डरेन सामीलाई पाकिस्तानले मानार्थ नागरिकता दिने भएको छ । क्रिकेट खेललाई पाकिस्तान फर्काउन सामीले महत्वपूर्ण भूमिका खेलेका थिए । त्यसको सम्मानमा सामीलाई निसान ए पाकिस्तान सम्मान प्रदान गर्ने निर्णयमा राष्ट्रपति आरिफ अल्लीले हस्ताक्षर गरेका छन् । यो सम्मान २३ मार्चमा दिइनेछ ।

सामीले मानार्थ नागरिकता दिने प्रस्ताव पेशावर जाल्मीका मालिक जाजेद अफ्रिदीले अघि सारेका थिए । जतिबेला सामीले २०१६ मा पाकिस्तान सुपर लिगको सरुआतसँगै उनको टिमबाट खेलेका थिए । उनी टिमको मार्की प्लेयर थिए । पहिलो सिजन टिमको नेतृत्व गरेका शाफिद अफ्रिदीले क्लब छाडेपछि कप्तानी पनि उनकै काँधमा आयो । उनले २०१७ मा उपाधि जिताए पनि ।

२०१८ र २०१९ को टिममा उनको टिम फाइनलमा पुगेको थियो । पीएसएल २०१६ मा सुरु भएपनि उसको घरेलु मैदानमा खेल हुन सकेको थिएन । पीएसएलको फाइनल पाकिस्तानमा खेल्ने प्रस्ताव राख्दा सहमति जनाउने पहिलो खेलाडी सामी नै थिए । २०१७ सेप्टेम्बरमा आईसीसी वल्र्ड ११ ले तीन टी–२० आई खेल्न पाकिस्तानको भ्रमण गर्दा पनि उनी टिममा थिए ।

प्रतिक्रिया