कर्मचारी र जुम्लाबासीबीच मैत्रीपूर्ण फुटबल

जुम्ला । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाको नन्दबक्स दल गणले मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरेको छ । गणले सेना दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत बिहीबार स्थानीय जुम्लाबासी र कर्मचारीबिच मैत्रीपूण फुटबल प्रतियोगिता आयोजना गरेको हो ।

बिहीबार १० बजेर ११ मिटेनमा सुरु भएको फुटबल प्रतियोगितामा शून्यका विरुद्ध १ गोल गर्दै जुम्लाबासी टिम विजयी भएको थियो । जुम्लाबासी टिमका खेलाडी सुनिल थापा मगरले गरेको गोल नै विजयीको बाटो बनेको हो, भने कर्मचारी टिमले उपविजेतामै चित्त बुझायो । सहभागी सम्पूर्ण खेलाडीलाई प्रमाणपत्र दिई सम्मान गरिएको छ ।

जुम्लाबासी टिमलाई नेपाली सेनाले सिल्डमेडल र प्रमाणपत्र प्रदान गरेको छ । मैत्रीपूण फुटबल प्रतियोगितामा ३० वर्षभन्दा माथिका कर्मचारी र जुम्लाबासी नै खेलाडीको रूपमा मैदानमा प्रवेश गरेका थिए । खेलको उद्घाटन जिल्ला समन्वय समितिका कार्यबाहक प्रमुख जयराज भारती, चन्दनाथ नगरपालिकाका मेयर कान्तिका सेजुवाल, जिल्ला फुटबल संघका अध्यक्ष भरत बुढथापाले संयुक्त रूपमा गरेका थिए ।

नेपाली सेनाले पहिलो दिन देवलकृति दौड, तानडोरी र सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो । फागुन ९ गते वीर जवानलाई रिथ लेयिग, सकल दर्जालाइ सम्बोधन र पुरस्कार प्रदान गरिने कार्यक्रमको रहेको छ ।

२०४६ सालदेखि महाशिवरात्रिलाई २ सय ५० वर्षभन्दा अघिदेखि सेना दिवसका रूपमा मनाउँदै आएको पाइएको छ । मैत्रीपूर्ण फुटबल प्रतियोगिता कार्यक्रममा जनप्रतिनिधि, सरकारी तथा गैरसकारी निकायका प्रमुख तथा प्रतिनिधि, बुद्धिजीवि र सञ्चारकर्मीको सहभागिता थियो ।

प्रतिक्रिया