अपराधी र तस्करमा एसपी चतुर्वेदीको त्रास

लहान । जिल्ला प्रहरी कार्यालय सिरहामा प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीको आगमनसँगै प्रहरीले गरेको कडाइका कारण तस्करी धन्दामा कमी आएको छ ।

प्रहरी चाहे मन्दिरको अगाडिबाट एउटा चप्पल पनि चोरले चोर्न सक्दैन भने जस्तै जिल्ला प्रहरी कार्यालय सिरहामा आएका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीको आदेशले सिरहाका सबै प्रहरी इमनदार भएका छन् ।

चतुर्वेदीको आगमनसँगै जिल्लामा सञ्चालनमा रहेका सयौँ मदिरा भट्टी नष्ट गरिएको छ भने हजारौ हजारौँ लिटर घरेलु मदिरा नष्ट गरिएको कार्य सराहनीय रहेको स्थानीय जयकृष्ण यादवले बताएका छन् ।

प्रहरी उपरीक्षक चतुर्वेदीको आगमनसँगै तस्करहरू अन्यत्र जिल्लामा भाग्न बाध्य भएका छन् । विगतका दिनहरूमा नेपाल र भारतको सीमाना नाका हुँदै ठूला वडा तस्करहरू कार्य गरिरहेको तर हालको समयमा प्रहरी उपरीक्षक चतुर्वेदीको नाम सुन्नासाथ अन्य जिल्लामा प्रवेश गरेका छन् ।

यस विषयमा प्रहरी उपरीक्षक चतुर्वेदीले तस्करी नियन्त्रण र अपराधिक क्रियाकलाप रोक्न लागिपरेको बताए । उनले आपूm रहुन्जेल सिरहाको कुनै पनि नाका अथवा कुनै पनि अपराधिक क्रियाकलापमा संलग्न व्यक्तिलाई नछोडिने बताए । प्रहरी उपरीक्षक चतुर्वेदीले आफ्नो तर्फबाट तस्करी तथा अपराधिक क्रियाकलाप नियन्त्रण गर्न प्रयास गरिरहेको बताए ।

प्रतिक्रिया