वितरकको १९औँ साधारणसभा सम्पन्न

काठमाडौँ । वितरक व्यवसायीहरुको छाता संगठन नेपाल वितरक संघ काठमाडौँको १९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिवार काठमाडौँमा सम्पन्न साधारणसभाले राजेन्द्र सिम्खडाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

सो सनारोहमा चयन भएका संघका अन्य पदाधिकारीहरुमा लव कुमार श्रेष्ठ प्रथम उपाध्यक्ष, रामहरि घिमिरे द्वित्तीय उपाध्यक्ष, यामनाथ पौडेल महासचिव, नवराज दाहाल सहसचिव, राजु प्रसाद पौडेल, कोषाध्यक्षमा राजेश डंगोल र सह–कोषाध्यक्षमा रहेका छन् ।यसैगरी कार्यसमिति सदस्यहरुमा लोकेश्वरमान जोशी, अशोक कुमार डंगोल, गणेशप्रसाद तिमल्सिना, प्रेमहरि मैनाली, दिनेश मणि रिसाल र सुरेश ढुंगाना रहेका छन् ।

उक्त साधारण सभामा सबै अतिथि तथा सदस्यहरुलाई स्वागत गर्दै संघका अध्यक्ष दुर्गाराज श्रेष्ठले देश पूर्णरुपमा आयातामूखी भएको कारण नयाँ उद्योग खुल्न नसकेको बताए । आयातित वस्तुसँग वितरकका उत्पादनहरुले प्रतिष्पर्धा गर्न कठिन भएको भन्दै श्रेष्ठले भने, ‘तरपनि नेपाल वितरक संघ आयातित वस्तुहरुको बजारीकरण गर्नुभन्दा नेपाली उद्योगका उत्पादनहरुको बजारीकरण गर्न सदैव सकारात्मक रहेको छ ।’

वितरक व्यवसायीहरुलाई सदैव उत्पादक र उपभोक्ता बीचको बिचौलियाको संज्ञा दिइने गरेको भन्दै श्रेष्ठले राज्यकै निकायबाट आफुहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन जरुरीरहेको बताए । उनले भने, ‘एउटा आयातकर्ता र उद्योगले प्रत्यक्षरुपमा थोक तथा खुद्रा व्यवसायीहरुलाई सेवा दिन सम्भव छैन, त्यसैकारण वितरक हरुको आवश्यकता पर्दछ, हामी विचौलिया भन्दापनि यथार्थपरक सेवामुखी व्यवसायीहरु हौँ ।’

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष दिनेश श्रेष्ठले व्यवसायीहरुको साझा समस्याहरु समाधान गर्नका लागि सबै संघसंस्थामा आबद्ध व्यवसायीहरु एकजुट भएर सहकार्य गर्दै जानुको विकल्प नरहेको बताए । साथै संघको हरेक सुखदुखमा उद्योग वाणिज्य संघको तर्फबाट जुनसुकै बेला जस्तोसुकै सहयोग गर्न पनि आफू तयार रहेको उनले बताएका ।

प्रतिक्रिया