पोखरा म्याराथनमा ७ हजार सहभागी हुने

पोखरा । सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा समावेश सबै खाले इभेन्टमा झन्डै ७ हजारले दौडने अपेक्षा गरिएको आयोजक भूतपूर्व खेलाडी मञ्च नेपालले आशा राखेको छ । शनिबार आयोजना हुने म्याराथनका लागि अझै एक दिन दर्ता समय रहेकाले सहभागी संख्या ७ हजार पुग्ने आशा गरिएको मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ प्रमुख संरक्षक र पोखरा महानगरपालिकाका मेयर मान बहादुर जि।सी संरक्षक रहेको म्याराथनको सबै तयारी पूरा भइसकेको अध्यक्ष गुरुङले जानकारी दिए । २०५८ सालमा स्थानपना भएको मञ्चले मुलुकको खेलकुद विकासमा सहयोग पुर्याउने र खेलकुदको महत्वबारे जनचेतना अभिवृद्धि गराई समग्र समाजमा खेल संस्कृतिको विकास गर्ने उद्देश्यका साथ म्यराथन आयोजना सुरु गरेको बताइएको छ ।

विश्वमा विभिन्न मुलुकमा सिटी म्यराथानको अवधारणको विकास भइरहेको र त्यसका माध्यमबाट पोखरालाई पनि खेलकुदको विश्व मानचित्रमा स्थापित गराई खेलकुद पर्यटन प्रवद्र्धन गर्न म्यराथनको अर्को उद्देश्य रहेकोब ताइएको छ । पोखरा महानगरपालिकाले म्याराथनलाई आफ्नो प्रमुख इभेन्टको रूपमा सहकार्य गर्दै आएको उल्लेख गर्दै अध्यक्ष गुरुङले विदेशस्थित विभिन्न देशमा रहेका नेपालका विभिन्न संघ–संस्था पोखरेली मञ्च यु।के। सहारा यु।के,हङकङ, बोष्टनमा बसोबास गर्नेहरूले सहयोग गरिको जानकारी दिए ।

म्याराथनका लागि पोखरेली मञ्च यूकेका अध्यक्ष मन गुरुङ, पोखरा म्याराथन युकेका संयोजक मञ्जु गुरुङ पोखरा आइसकेका छन् । भलिबलकी पूर्व राष्ट्रिय खेलाडी मञ्जु गुरुङ र धावक पाण्डव महतो पनि म्याराथनमा दौडँदैछन् । दुवैजना क्यान्सर रोगलाई जितेर खेलकुद र सामाजिक अभियानमा जुटेका छन् । समयमा रोगका बारेमा जानकारी भएर उपचार गर्न सकियो भने क्यान्सर जस्तो रोग पनि निको हुने सन्देश दिनका लागि आफ्नो दोस्रो पटक पोखरा म्याराथनको १० किलोमिटरमा सहभागी हुन लागेको पूर्व खेलाडी गुरुङले बताइन् ।

गैर आवासीय नेपाली संघ (एन.आर.एन) यूकेका अध्यक्ष पुनम गुरुङसहित सहारा युके, बगर भाई खलक यूके लगायतको टोली नेपाल भ्रमण २०२० लाई पोखरा म्याराथनमार्फत थप उजागर गर्न र उत्साह जगाउन पोखरा आइसकेको आयोजकले जनाएको छ । पोखरासँग भगिनी सम्बन्ध रहेको जापानको कोमागाने सहरको उत्कृष्ट धावक समेत सहभागिताका लागि पोखरा आइसकेको जनाइएको छ ।

पोखरा म्याराथनलाई विश्व शान्तिको कामना गर्दै पिस टर्च सहित दौडन १३ विभिन्न देशका २१ जना विदेशी धावकहरू पोखरा आइसकेको गुरुङले जानकारी दिए । टोलीको नेतृत्व युनेस्कोका पूर्व अध्यक्ष डेभिडसन हेप्वर्नले गर्नेछन् । उनीहरूको सहभागिताले पोखरा म्याराथनलाई अन्तर्राष्ट्रिय गर्न अझै सहयोग मिल्ने विश्वास आयोजकको छ ।

म्याराथनको रुटले महानगरका १ देखि १७ नं वडामा परेको छ । रुट पर्ने चोकहरूमा स्थानिय विभिन्न संघ–संस्था, आमा समुह र सांस्कृतिक समुहहरूले आ–आफ्नो भेष–भूषा, पञ्चे बाजा गाजा, भजन चुड्का सहित धावकहरूलाई स्वागत गर्ने कार्यक्रम रहेको पनि बताइएको छ । म्याराथनमा धावकहरू दौडने रुटमा अति आवश्यकबाहेक अन्य सार्वजनिक र निजी यातायत सेवाहरू रोक्ने प्रतिबद्धता जाहेर गरेकाले आफूहरू उत्साहित भएको गुरुङले सुनाए ।

अर्को वर्षदेखि म्याराथनको मुख्य आयोजकका रूपमा पोखरा महानगरपालिका रहने अघि सर्नुलाई मञ्चले सिटी म्याराथनको अवधारणलाई महानगरले ग्रहण गरेको रूपमा लिएको छ । प्रतिष्ठित औद्योगिक प्रतिष्ठान लक्ष्मी ग्रुपअन्तर्गत सुजल डेरीको उत्पादन सफल दुधले मुख्य प्रायोजन गर्ने म्याराथनको सुरुआत पोखरा रंगशालाबाट हुनेछ ।

३५ लाख रुर्पैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको म्यराथनका विजेताले २ लाख दोस्रोले १ लाख र तेस्रो हुने खेलाडीले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । महिला र पुरुष दुवैतर्फका १० हजार मिटर दौडका विजेताले १५ हजार रुपैयाँ, ५ किलोमिटर दौड छात्र र छात्राका विजेताले समान १०, दृष्टीविहीन पुरुष महिला विजेताले ५ हजार, ह्विल चियरका विजेताले ५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतिक्रिया