रुपन्देहीको सैनामैनामा दुर्घटना, एकको मृत्यु

रुपन्देही । रुपन्देहीको सैनामैनामा आज भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको लु २ ख ३७९८ नंको टिप्परलाई ओभरटेक गर्ने क्रममा लु २६ प ८१८० नंको मोटरसाइकल दुर्घटना हुँदा रोल्पा नगरपालिका–३ बस्ने ताराप्रसाद केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुर्गियाका प्रहरी निरीक्षक मनोज श्रेष्ठले जानकारी दिए । ठक्कर दिने टिप्पर र चालक प्रहरी नियन्त्रणमा रहेको उनले बताए ।

प्रतिक्रिया