गाउँमा गाउँमा सिंहदरबार, भ्रष्टाचार र चुनौती

गाउँमा सिंहदरबार आएसँगै जनप्रतिनिधिहरू यतिवेला सत्तामा पुगेका छन् । गाउँमा सिंहदरबार आउँदा जनताले गाउँमै सबै सुविधा पाउने र समृद्धि समेत आउने आशा गरेका थिए । तर, जनताको त्यो आशामाथि तुषारापात भइरहेको छ । जनप्रतिनिधिहरू आफ्नो स्वार्थमा लिप्त हुँदा जनताको निराशा बढ्दै गएको छ ।

देशको कतिपय स्थानीय तहमा जनप्रतिनिधिहरू भ्रष्टाचारमा लिप्त भएको घटनाहरू सार्वजनिक भएपछि जनताको आक्रोश बढ्दै गएको छ । देशका धेरैजसो पालिकामा भ्रष्टाचार मौलाएको, कतिपयमा जनप्रतिनिधिहरूबीच नै मनमुटाव बढेको तथा कतिपय जनप्रतिनिधिहरू घुस लिंँदालिँदै पक्राउ गरिसकेको घटनाहरू बाहिरिएका छन् ।

प्रदेश नम्बर २ का केही ठाउँमा कामै नगरी बजेट सिध्याएको विषयले यतिवेला सञ्चारमाध्यमहरू मात्रै होइन, सामाजिक सञ्जालहरूमा समेत व्यापक स्थान पाइरहेको छ । नमुनाको रूपमा सप्तरीको बलान बिहुल गाउँपालिकालाई लिन सकिन्छ । महालेखा परीक्षकको प्रतिबेदनअनुसार बलान बिहुल गाउँपालिकामा ३ करोड भन्दा बढी बेरूजु रहेको ठहर गरेपछि अनियमितताको राज खुलेको हो ।

यस्तै देशको कतिपय गाउँपालिकामा र नगरपालिकामा समेत व्यापक अनियमितताको विषय बाहिरिएको छ । कामै नगरी उपभोक्ता समितिलाई निकासा दिएको र उपभोक्ता समितिबाट ठूलो मात्रामा कमिसन लिएको स्थानीयहरूले आरोप लगाएका छन् । यहाँसम्म कि जनप्रतिनिधिहरूले गठन गरेको उपभोक्ता समितिहरू नै भ्रष्टाचारमा चुर्लम्म छन् । आफ्नो नजिकको मान्छेहरूलाई समेटेर उपभोक्ता बनाउँदा कमिसनको चलखेल गर्न सजिलो हुँदोरहेछ,

नमुनाको रूपमा सप्तरीको बलान बिहुल गाउँपालिकालाई लिन सकिन्छ । महालेखा परीक्षकको प्रतिवेदनअनुसार बलान बिहुल गाउँपालिकामा ३ करोडभन्दा बढी बेरुजु रहेको ठहर गरेपछि अनियमितताको राज खुलेको हो । यस्तै देशको कतिपय गाउँपालिकामा र नगरपालिकामा समेत व्यापक अनियमिमताको विषय बाहिरिएको छ । कामै नगरी उपभोक्ता समितिलाई निकासा दिएको र उपभोक्ता समितिबाट ठूलो मात्रामा कमिसन लिएको स्थानीयहरूले आरोप लगाएका छन् ।

धेरैजसो गाउँपालिका र नगरपालिकामा प्रमुख र उपप्रमुखबीच बोलचाल नै बन्द भएको विषय चर्चामा छ । प्रमुख र उपप्रमुख एउटै पार्टीका छन् तर पनि बोलचाल छैन, यो संवेदनशील कुरा हो । त्यसो त प्रमुख प्रशासकीय अधिकृतहरू पनि धेरैजसो पालिकामा तीन महिनाभन्दा बढी टिकेका छैनन् । प्रमुख र उपप्रमुखबीच बोलचाल बन्द हुने गरी झगडा गराउँन हाम्रो कर्मचारी संयन्त्र माहिर छ ।

हिजोका दिनमा पनि जिल्ला विकास मितिका सभापति र उपसभापतिबीच यसरी बोलचाल बन्द हुन्थ्यो । बोलचाल बद गराउने भूमिका स्थानीय विकास अधिकारीले खेलेका हुन्थे । आज प्रमुख र उपप्रमुख बीच बोलचाल बन्द गराउने भूमिका प्रमुख प्रशासकीय अधिकृतले खेलेको देखिएको छ । जप्रतिनिधिहरू होसियार हुनुपर्ने हो, तर उनीहरू गम्भीर भएको देखिएन ।

अनियमिततामा आफैँ संलग्न भएका कारण स्थानीय तहक जनप्रतिनिधिहरू कर्मचारी संयन्त्रका अघि ठाडो शिरसमेत गर्न नसक्ने अवस्था पनि कतिपय पालिकामा देखिएको छ । प्रायः सबैतिर व्यापक अनियमितता भएको समय समयमा विभिन्न कोणबाट आवाजहरू उठ्दै आएको छ । यसबाहेक स्थानीय तहहरूमा समेत बजेट अनियमितता भएको प्रसंग उठ्दै आएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीहरू को कमी छैन, अख्तियार अनुसन्धान आयोगलाई भ्याइनभ्याइ छ ।

जसमध्ये अधिकांश स्थानीय सरकारबिरूद्ध नै रहेको थाहा हुन आएको छ । यसबाट पनि के प्रष्ट हुन्छ भने स्थानीय तहमा ब्यापक अनियमितता भएको छ । यी र यस्ता घटना क्रमले जनताको स्थानीय सरकार र जनप्रतिनिधिहरूप्रति विश्वास र भरोसा घट्दै गएको छ । जनप्रतिनिधिहरूको यस्तो गतिविधिले जनताको बलिदानीबाट आएको उपलब्धि गुम्ने खतरासमेत बढेको महसुस भइरहेको छ । बजेटमाथि सम्पूर्ण हक र अधिकार जनताको हुन्छ, तर बजेट सञ्चालनमा बजेट जन्प्रतिनिधि को नातागोता र मुट्ठीभर मान्छेको अगाडि पछाडि घुमिरहेको छ र बजेटको सही सदुपयोग हुनसकेको छैन ।

उपभोक्ता समितिमा बस्नका लागि निकै ठूलो हानथाप चल्छ । एक अर्काले योजना सम्पन्न गर्दा भ्रष्टाचार गरेको मुद्दा अख्तियारमा पु¥याउनका लागि पनि प्रतिस्पर्धा नै हुने गर्छ । निर्माणको गुणस्तर खोज्ने काम ज्यादै न्यून मात्रामा हुन्छ । सवारीसाधनको प्रयोग, बैठकभत्ता जस्ता सेवासुविधाहरूका लागि आमसहमति हुन्छ तर गरिब, सीमान्तकृत तथा छेउ पारिएको समुदायको जीवन सहज बनाउने नीति, कार्यक्रम बनाई कार्यान्वयन गर्ने कुरामा विरलै सहमति जुट्छ । रोजगार सिर्जना गर्ने, काम सिर्जना गर्ने र मानिसको गुणस्तरीय जीवनयापनका लागि स्थानीय सरकारका कार्यक्रमहरू कार्यान्वयन हुन कठिन छ ।

स्थानीय सरकार चुकेको अर्को ज्यादै महत्त्वपूर्ण विषय हो वातावरण संरक्षणको क्षेत्र । स्थानीय सरकारहरूको लागि फोहार एउटा ठुलो समस्याको रूपमा उभिएको छ, फोहरको व्यवस्थापन । फोहर व्यवस्थापनको काम फित्लो भएको कारणले जनताहरूलाई कति ठाउँमा सास्ती भोग्नुपरिरहेको छ, फोहार दैनिक निस्किने र व्यस्थापन पक्ष कमजोर भएको हुनाले मानव जीवनमा प्रतिूकल प्रभाव पर्नेगरेको छ ।

स्थानीय सरकारका वा स्थानीय सिंहदरबारसामु असंख्य सम्भावनाहरू छन्, स्थानीय सरकारहरूले स्थानीय सबै सरोकारवालालाई समन्वय र संवादमार्फत विश्वासमा लिएर आमनागरिकलाई विकास प्रक्रियामा सँगसँगै लिएर जाने अभ्यासहरूको खाँचो छ, स्थानीय सरकारका प्रमुखहरू राजा जस्तो व्यवहार गर्न थालेको छन, संवादका माध्यमबाट असल र समझदारीपूर्ण विश्वासका साथ काम गर्ने हो भने हामीले हाम्रो लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र आम नागरिकको विश्वास आर्जन गर्न सकिन्छ ।

अहिले जनतालाई स्थानीय सरकारप्रति विश्वासको खाँचो छ । यसपक्षलाई सबल बनाउँदै लैजानुपर्छ, हाम्रा हरेक गतिविधिले आमनागरिकको जीवन सहज बनाउने र हरेक नागरिकको जीवन सहज बनाउँदै उनीहरूको गुणस्तरीय जीवन बनाउने कुरामा विशेष ध्यान दिनु जरुरी छ ।

प्रतिक्रिया