कपडा पसलमा आगलागी, करोडौँको क्षति

दैलेख । दैलेख सदरमुकाममा नारायण नगरपालिका– १ मा रहेको तारा केशर अधिकारीको ‘अधिकारी भेराईटी एण्ड अडर्र सप्लायर्स’ मा आगलागी भएको छ । आगलागीका कारण करौडौँ मूल्य बराबरको कपडा, जुत्ता चप्पल लगाएतका सामान जलेर नष्ट भएको छ ।

बिद्युत् सट भई आगो लागेको हुन सक्ने प्रहरीले जनाएको छ आगो रातिमा लागेको कारण स्थिानियले ढिलो थाहा पाएसँगै प्रहरीलाई खबर गरेर आगो नियन्त्रणमा लिएको स्थिानियले जानकारी दिए ।

स्थिानियकाअनुसार पसल भित्र रहेका सामान जलेको कारण पसल भित्र आगो निभाउन मुस्कील भएकोले जल्दै गरेको सामान बाहिर सडकमा फालेर आगो नियन्त्रणमा दिएको जनाइएको छ । आज राति करिब १२ः३० बजेदेखि सुरु भएको आगलागी १ घण्टापछि नियन्त्रणमा आएको थियो ।

आगो निभाउन स्थिानियले घरमा खानाको लागि भरेर राखेको पानीले आगो निभाएको समेत जनाइएको छ । पसलका सञ्चालक अधिकारी गाउँतिर भएको बेलामा आगो लागेको कारण र उनलाई फोन गर्दासमेत फोन नलागेपछि के कति क्षेति भयो भन्ने तथ्यांक पत्ता लगाउँन नसकिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरी बहादुर वलीले बताए ।

प्रतिक्रिया