ढुंगे धाराको भग्नावशेष फेला

काठमाडौं । काठमाडौं महानगरपालिका–१ हात्तीसारमा रहेको ढुंगेधाराकोको भग्नावशेष फेला परेको छ । लिच्छिविकालीन ढुंगेधारा पुरेर भवन निर्माण थालिएको भन्दै सम्पदा संरक्षण संघर्ष समिति र स्थानीयको पहलमा उत्खनन् गर्दा भग्नावशेष फेला परेको हो ।

चिनियाँ राजदूतावासको अगाडिपट्टि भवन निर्माणको चरणमा रहेको जग्गामा ऐतिहासिक ढुंगेधारा रहेको आधार सहित उत्खनन् गरीएको थियो । उत्खनन् गर्दा पुरानो धाराको संरचना भेटिएको सम्पदा संरक्षण अभियानता यादवलाल कायास्तले जानकारी दिएका छन् ।

संरक्षण गर्नुपर्ने बताएपछि धाराको सम्बन्धमा खोजीकार्य सुरु गरिएको थियो । हाल सो धारा हात्तीसार स्थित बुद्धिलक्ष्मी गुरुङको नाममा रहेको छ । कित्ता नम्बर २६६३ र २६६४ को खालि जग्गामा ढुंगेधारा रहेको स्थानीयवासी र अभियन्ताले दाबी गर्दै आएको छन् । सोही आधारमा वडा कार्यालय, सम्पदा अभियन्ता र पुरातत्व विभागका प्रतिनिधिको उपस्थितिमा सो स्थानमा जग्गा सम्याउने क्रममा पुरिएका माटा, सिमेन्ट र इँटाका टुक्राहरू डोजर लगाएर हटाइएको थियो । धाराको संरचना फेला परेसँगै अनुसन्धान गरेर अगाडी बढ्ने पुरातव्व विभागले जनाएको छ ।

दुई दिनसम्म भएको सरसफाइका क्रममा धाराको अवशेष फेला पर्ने आधार र पानी फेला परेसँगै सरसफाइ गरी डोजर लगाउन रोक लगाइएको छ । यससँगै वडा कार्यालय र अभियन्ताले थप उत्खनन्का लागि पुरातत्व विभागलाई पत्र लेखेर अनुरोध गरेका थिए । विभागको समेत सहभागितामा संरचना फेला परेकाले अब के गर्ने छलफलबाट अगाडि बढ्ने विभागको भनाइ छ ।

भग्नावशेष हटाउने क्रममा सो स्थानमा करिब ८ फिट लम्बाइ र ५ फिट चौडाइसहितको धाराको संरचना फेला परेको पुरातत्व विभागका अधिकृत प्रकाश खड्काले जानकारी दिए । संरचनामा प्रयोग भएका इँटा वीर शमशेरकालीन रहेको उनको भनाइ छ । ढुंगेधारा कति पुरानो र यसको महत्वका सम्बन्धमा थप उत्खनन्पछि मात्र एकिन गर्न सकिने विभागले जनाएको छ । वि.स. २०५१ सालपछि ढुंगेधारा पुरी भवन निर्माणको नक्सा पास गरिएको अभियानताको भनाइ थियो ।

वडा कार्यालयबाट नक्सा पास रोक्का भएपछि उतm स्थान सवारी साधन पार्किङका लागि प्रयोग हुँदै आएको थियो । हाल आएर पुनः भवन निर्माण थालिएपछि ढुंगेधारा उत्खनन् कार्य सुरु गरिएको हो ।

प्रतिक्रिया