अदुअआद्वारा छानबिन

वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साका स्थानीय तहमा छानबिन गर्ने क्रमलाई निरन्तरता दिएको छ । शुक्रबार वीरगञ्ज महानगरपालिका, पोखरीया नगरपालिकामा छानबिन गरेको अख्तियारले शनिबार सखुवा प्रसौनी र जगरनाथपुर गाउँपालिकामा अनुसन्धान गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौं टंगाल र हेटौँडाले छानबिन सुरु गरेको हो ।

स्थानीय तहहरूले विकास निर्माणका गतिविधि, तालिम, गोष्ठी र कर्मचारी नियुक्ति लगायतका बिभिन्न कार्यहरूमा अनियमितता भएको लिखित रूपमा उजुरी परेकोले छानबिन तथा अनुसन्धानको प्रक्रिया अगाडि बढाएको अख्तियारले जनाएको छ । त्यसैगरी पर्सागढी नगपालिका, बहुदरमाई गाउँपालिका, जिराभवानी गाउपालिकालगायत सबै स्थानीय तहहरूमा छानबिन गर्ने अख्तियारका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए ।

यसैबीच अख्तियारले छानबिन सुरु गरेपछि स्थानीय तहमा तरंग पैदा भएको छ । अनियमितता गरेकाहरू भने अहिले फाइलहरू लुकाउने र कागजात मिलाउनेमा व्यस्त देखिएका छन् ।

प्रतिक्रिया