एक सेकेण्डले चुकिन् गौरिका

ललितपुर । नेपालकी गौरिका सिंह तेस्रो स्वर्ण पदक जित्नबाट चुकेकी छिन् । पौडीबाज गौरिका सय मिटर ब्याकस्टोकमा एक सेकेण्डले पछाडि पर्दा रजतमा चित्त बुझाउन बाध्य भएकी हुन् ।   गौरिकाले निर्धारित दूरी १ मिनेट ०३.१५ सेकेण्डमा पूरा गरिन् । स्वर्ण जितेकी भारतकी मन्ना राजिव पटेलले १ मिनेट ०२.३६ सेकेण्डमा पूरा गरेकी थिइन् ।

गौरिकाले शुक्रबार पटेललाई नै पछि पारेर ब्याकस्टोकमा स्वर्ण जितेकी थिइन् । योसँगै गौरिकाले जारी सागमा चौथो पदक जितेकी छिन् । गौरिकाले यसअघि २ सय मिटर फ्रीस्टायल र २ सय मिटर ब्याटस्टोक स्वर्ण जितेकी थिइन् भने ४०० मिटर फ्रीस्टाइल रिलेमा कांस्य हात पारेकी थिइन् ।

प्रतिक्रिया