अटो पल्टँदा पाँचको मृत्यु

चितवन । राप्ती नगरपालिका–५ मा अटो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । पिकनिक मनाएर फर्किरहेकाहरू दुर्घटनामा परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राप्ती नगरपालिका–४ चेपाङमार्गबाट भण्डारातर्फ आउँदै गरेको ना १ ह ६४०९ नंको अटो डुम्रेखाडी पुल नजिक अनियन्त्रित भई पल्टिएको थियो । अटो पल्टिँदा त्यसमा सवार पाँचको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।

मृत्यु हुनेमा पर्वतको कुश्मा नगरपालिकाको पिपलटारीका ३५ वर्षीय श्यामप्रसाद तिवारीको सनाखत भएको छ । मृतकमा तीन महिला र दुई पुरुष रहेका छन् । एक २६ वर्षीय पुरुषको पूरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते भई उपचारका लागि ल्याइएकामध्ये तीनको पूरानो मेडिकल कलेजमा र अन्य दुईको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया