पोखरामा आर्चरी सुरु

पोखरा । पोखरामा जारी १३आँैं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत शुक्रबारदेखि पोखरामा धनुकाण(आर्चरी) खेल सुरु भएको छ । पाकिस्तान अन्तिम समयमा आएर सहभागी नहुने भएपछि शुक्रबार उक्त खेलको उद्घाटनसहित अभ्यास खेल सुरु भएको नेपाल आर्चरी संघका केन्द्रीय वरष्ठ उपाध्यक्ष वसन्त थकालीले बताए ।

यही मंसिर २३ गतेसम्म चल्ने उक्त खेलको उद्घाटन १३औंँ साग स्थानीय व्यवस्थापन तथा सहजीकरण समिति पोखराका सदस्य एवं गण्डकी प्रदेशसभा सदस्य मोहन रेग्मीले गरे । शुक्रबारदेखि ¥याङकिङ राउन्ड सुरु हुने भनिए पनि पाकिस्तान प्रतियोगितामा सहभागी नभएकाले शुक्रबारदेखि सो राउन्ड सुरु हुने भएको छ ।

प्रतियोगितामा नेपालसहित भुटान, श्रीलंका र बंगलादेश सहभागी छन् । भुटानका नौ तथा अन्य तीन देशका १६÷१६ खेलाडी प्रतियोगितामा सहभागी हुनेछन् । टिम रिकर्भ (७० मिटर) महिला पुरुष, एकल रिकर्भ, महिला तथा पुरुष र मिक्स रिकर्भ गरी पाँच स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने भएको छ ।

त्यसैगरी, कम्पाउन्ड (५० मिटर) महिला तथा पुरुष, कम्पाउन्ड एकल महिला तथा पुरुष र मिक्सतर्फ पाँच स्वर्ण गरी जम्मा १० स्वर्ण पदकका लागि ५७ खेलाडी प्रतिस्पर्धामा उत्रिने भएका हुन् । प्रतियोगितामा सहभागी खेलाडीको विश्व आर्चरी महासंघले ¥याङकिङ गर्ने भएको छ ।

प्रतिक्रिया