कलंकीमा खुल्यो ‘हनी नेचुरल केयर सेन्टर’

काठमाडौँ । काठमाडौँको कलंकीमा ‘हनी नेचुरल केयर सेन्टर प्रालि’ सञ्चालनमा आएको छ । कलंकी महानगरपालिका– १४ स्थित नारायण मार्केटमा उक्त सेन्टर सञ्चालनमा आएको हो । आइतबार बिहान महानगरपालिका १४ की वडा अध्यक्ष शोभा सापकोटाले रिबन काटेर सेन्टरको उद्घाटन गरिन् ।

पसल उद्घाटन गर्दै वडा अध्यक्ष सापकोटाले त्यस एरियामा यस्ता पसलको महत्व भएकाले राम्रो कामको सुरुवात भएको बताइन् । सो सेन्टरमा शुद्ध माहुरीको मह पाइनुका साथै डाक्टरको परामर्श अनुसार महबाट हनी फेशियल, हनी थेरापी, हनी मसाजलगायत विभिन्न समस्याको निशुल्क सामाधान गरिने सञ्चालिका धना आचार्यले बताइन् ।

पसल स्थापनाको लागि डेकोरेशन गर्न करिब डेढ लाख लगानी लगाएर करिब रु पाँच लाख रकमको घर माहुरी र भिर माहुरीको महबाट सुरुवात गरेको उनले जानकारी दिइन् । त्यस्तै सञ्चालिका आचार्यले अहिले कलंकीबाट स्थापना गरे पनि केही समय पश्चात् ठमेलमा पनि अर्को अझै ठूलो सेन्टर सञ्चालनमा ल्याउने तयारी भइरहेको बताइन् । ‘अहिले यहाँबाट सुरुवात गरीए पनि छिट्टै ठमेलमा अझै ठुलो सेन्टर सञ्चालनको तयारी भइरहेको छ,’ उनले भनिन् ।

प्रतिक्रिया