झापामा सनराइज बैंकले थप्यो शाखारहित सेवा

काठमाडौं । सनराइज बैंक लिमिटेडले झापाको मेचीनगर नगरपालिका २ मा ३९औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । ज्येष्ठ नागरिक सेवा समितीको अध्यक्ष, ठाकुरप्रसाद शिवाकोटी र बैंकको प्रादेशिक कार्यालय १ का सदस्य पुर्णबहादुर थापाले एक समारोहका बीच मेची नगरमा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरे ।

सो समारोहमा ठाकुरप्रसाद शिवाकोटी र पुर्णबहादुर थापाले शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट÷प्रतिनिधि दिलबहादुर कार्कीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरे । हालसम्म सन्राइज बैंकले वटा १ सय २४ शाखा, ३९ वटा शाखारहित बैंकिङ सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४५ वटा एटिएम मार्फत करीब ६ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया