नेपालले एसिया एथलेटिक्समा प्रतिस्पर्धा गर्ने

काठमाडौं । मलेसियाको कुचिङ सारावकमा आयोजना हुने २१औँ एसिया मास्टर्स एथलेटिक्स च्याम्पियनसिपमा सहभागि हुने नेपाली भेट्रान्स एथलेटहरूलाई शुक्रबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवालले बिदाइ गरे । नेपाल एम्योच्योर भेट्रान्स एथलिट कमिटिका अध्यक्ष जिएन दाई शर्माको नेतृत्वमा जाने ३१ सदस्यि टोलीमा टिम व्यवस्थापकमा शिव सुन्दर राजवैद्य, संघका उपाध्यक्ष द्वय एवं खेलाडी रुपाल समशेर राणा र गिर्वाण विक्रम शाह, मञ्जु श्रेष्ठ, दिपेन्द्र कुमार गोइत, हेराकाजी महर्जन, राज काजी श्रेष्ठ, बाबु राजा श्रेष्ठ, सुनिल कुमार लालवनी, हेम रत्न बज्राचार्य, संघ रत्न शाक्य, गोपाल महर्जन, त्रिरत्तन मानन्धर, श्रवण कुमार श्रेष्ठ, शिबहरि खनाल र विश्व रत्न मानन्धर रहेका छन् ।

यस्तै टोलीसँग १४ जना अभ्जवर्सहरू पनि त्यसतर्फ जाने कार्यक्रम रहेको छ । खेलाडीहरूलाई बिदाइ र शुभकामना व्यक्त गर्दै सदस्य सचिव सिलवालले खेलाडीहरूको अस्तित्वलाई कायम राख्दै स्वस्थ नागरिक उत्पादन र खेलाडीहरूको उर्जालाई कायम राख्ने क्रममा भेट्रान खेलाडीहरूले जुन कार्य गरेका छन् त्यो सम्मानयोग्य रहेको भन्दै युवा खेलाडीहरूलाई यस कार्यले अझ उत्साहित बनाउनेमा आफू विश्वस्त रहेको बताए ।

डिसेम्बर २ देखि ७ सम्म आयोजना हुने च्याम्पियनसिपिमा सहभागित हुन जाने नेपाली टोली १३ गते त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । भेट्रान्स टोलील यस अघिका प्रतियोगिताहरूमा पदक सहित निकैनै राम्रो नतिजा हासिल गर्न सफल भइसकेको छ ।

प्रतिक्रिया