माध्यमिक शिक्षामा दलित छात्रा न्यून

वीरगञ्ज । शिक्षा नै जस्वनको ज्योती हो भने कुरा सबैले बुझी आफ्ना छोराछोरीलाई पढाइरहको भएता पनि पर्साको ग्रामीण क्षेत्रमा माध्यमिक शिक्षातर्फ छात्राको संख्या पढ्दै जाँदा दलित छात्राको संख्यामा बढावा हुन सकेको छैन ।

समाज परिवर्तनको दिशातर्फ अगाडि बढिरहँदा पनि दलित समुदायका छात्राहरू प्राथमिक तहसम्म मात्र अध्ययन गर्ने र त्यसपछि माध्यमिक शिक्षासम्म उनीहरूको पहँुच पुग्न नसकेको हो । पर्साको ग्रामीण क्षेत्रका चमार, मुसहर, कामी, दुसाध, बाँसफोरजस्ता विभिन्न दलित समुदायका बालबालिकाहरूको पहुँच अहिले पनि प्राथमिक शिक्षासम्म मात्र सीमित भई माध्यमिक शिक्षासम्म पुग्न वञ्चित रहेका छन् ।

विभिन्न सरकारी तथा गैरसरकारी संस्थामार्फत जागरण, सचेतना कार्यक्रम ल्याई उनीहरूलाई सामुदायिक विद्यालयसम्म ल्याउन सकिए पनि दलित छात्रालाई टिकाउन र माध्यमिक शिक्षा दिलाउन पहल नभएको हुनाले पनि माध्यमिक शिक्षासम्म उनीहरूको पहुँच नपुगेको दलितहरू बताउँछन् ।

अहिलेसम्म उनीहरू प्राथमिक तहको शिक्षामा मात्र सीमित रहेको देख्न सकिन्छ । प्राथमिक तहभन्दा माथिको अध्ययनमा यो समुदायलाई आर्थिक समस्या परेको कारण छात्राहरूको संख्या माध्यमिक शिक्षामा नभएको पर्सा जिल्लाका केही माविहरूको तथ्यांकले गरेको छ । नेरामावि दाप सुगौलीमा कक्षा १२ मा ४८ जना विद्यार्थीमध्ये एक जना पनि दलित छैनन् ।

त्यस्तै, बितो महतो जनता मावि जीतपुर नौकाटोलमा कक्षा १२ मा अध्ययनरत ६९ जना विद्यार्थीमध्ये पाँच जना मात्र दलित छन् भने निचुटामा २४ जना विद्यार्थीमध्ये दुई जना मात्र दलित छन् । सोही विद्यालयको कक्षा ११ मा २९ जना विद्यार्थीमध्ये दलित विद्यार्थी संख्या शून्य छ । ग्रामीण क्षेत्रका विद्यालयमा छात्राहरूको संख्या छात्रको तुलनामा बढे पनि दलितहरूको भने सहभागिता उत्साहजनक छैन ।

नेरामावि दाप सुगौलीका प्रअ श्याम घिमिरेले माध्यमिक शिक्षामा दलित विद्यार्थीको संख्या शून्य रहेको बताए । गाउँका युवाहरू रोजगारको लागि विदेशिने र उनीहरूको अभावमा गाउँमा ज्याला मजदुरीको काममा दलित समुदायका बालबालिकाहरू संलग्न हुने गरेको उनको भनाइ छ । आर्थिक समस्याले माध्यमिक शिक्षासम्म उनीहरूको पहुँच नभएपछि ज्याला मजदुरीमा संलग्न हुने गरेको प्रअले बताए । सामुदायिक विद्यालयको प्राथमिक कक्षासम्म दलित समुदायको पहुँच भए पनि मावि शिक्षामा दलित समुदायका बालबालिकाको पहुँच हुन नसकेकोले त्यसतर्पm विचार गर्नुपर्ने प्रअले बताए ।

जीराभवानी गापा–४ हरैया निवासी सुरेश रामले एसइई परीक्षासम्म अध्ययन गराउन पनि समस्या भएको बताए । उनले विभिन्न आर्थिक समस्या झेल्दै एसइई परीक्षा दिलाए पनि बालबालिकालाई खेतलगायतका मजदुरीमा संलग्न गर्नुपरेको दुःखेसो पोखे । बिहान–बेलुकाको छाक टार्न समस्या भएको कारण शिक्षातर्पm आफ्ना बालबालिकालाई आकर्षित गर्न नसकेको उनको गुनासो छ । परिवारका अभिभावकहरू शिक्षाबाट वञ्चित भएको कारणले पनि उनीहरूले आफ्ना बालबालिकालाई शिक्षित बनाउनुपर्छ भन्नेतर्पm ध्यान नदिएको सुगौली गापा–४ का लालबहादुर महरा चमारले बताए ।

उनले परिवर्तित समयमा शिक्षा दिनुपर्छ भन्ने मान्यता आफ्नो रहे पनि आर्थिक समस्याले सो कुरा पूरा हुन नसकेको रामको भनाइ छ । शिक्षातर्पm आकर्षित गर्नुभन्दा ज्याला मजदूरीमा लगाउँदा दैनिक गुजारा हुने गरेको कारणले पनि दलित समुदायका मानिसहरू शिक्षातर्पm आकर्षित हुन नसकेको उनले बताए । यसका लागि स्थानीय तहबाट अभियान सञ्चालन गर्नुपर्ने रामको सुझाव छ ।

प्रतिक्रिया