बंगलादेशसँग नेपाल स्तब्ध

काठमाडौं । नेपाल एसिसी इमर्जिङ कपअन्तर्गत समूहचरणको अन्तिम खेलमा बंगलादेशसँग आठ विकेटले स्तब्ध भएको छ । बंगलादेशको साभारस्थित मैदानमा बंगलादेशले २४ ओभरमै २ विकेट गुमाउँदै नेपालले दिएको १३९ रनको लक्ष्य भेट्टाएको हो । बंगलादेशका लागि नजमुल होसेन शान्तोले सर्वाधिक ५९ रन बनाए । त्यस्तै मोहम्मद नैमले ४५ रन बनाउँदा सौम्य सरकारले ११ रन र यासिर अलीले रनको योगदान दिए । नेपालका लागि सोमपाल कामी र सुशन भारीले एक–एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४४.३ ओभरमा सबै विकेट गुमाउँदै १३८ रन बनाएको थियो । खराब सुरुआत गरेको नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३८ रन बनाए । ३५ रन बनाएको अवस्थामा तीनजना ब्याट्सम्यानलाई गुमाएको नेपालका ले ८५ रन बनाउँदा बाँकी पाँच विकेट पनि गुमाएको थियो ।

यस क्रममा कुशल भुर्तेल १०, ज्ञानेन्द्र मल्ल २२, शरद भेषवाकर १, दीपेन्द्रसिंह ऐरी ६, आरिफ शेख ११, पवन सर्राफ ९, सन्दरपि जोरा शून्य र विनोद भण्डारी आठ रनमा पवेलियन फर्किए । त्यसपछि क्रिजमा आएका सोमपाल कामी र करण केसीले नवौं विकेटका लागि ५० रनको साझेदारी गर्दै टिमको स्कोर उकासेका थिए ।

करणले ४७ बलमा एक चौका र एक छक्का प्रहार गर्दै १८ रन बनाए । सोमपाल सोमपाललले ६३ बलमा एक चौका प्रहार गर्दै ३८ रन बनाए । बलिङतर्फ बंगलादेशका मिनहाजुल अबेदिन अफ्रिदीले तीन विकेट लिए भने तनबीर इस्लाम र सुमोन खानले दुई–दुई विकेट लिए । समूह ‘बी’ मा रहेको नेपाल भारतसँग हारेको थियो भने हङकङलाई हराएको थियो ।

प्रतिक्रिया