देउसी-भैलोको रकम क्यान्सर पिडितलाई

काठमाडौं । ओली समाजले देउसी, भैलो खेलेर जम्मा भएको रकम क्यान्सर पीडित एक महिलालाई सहयोग गरेको छ । दोलखा जिल्ला बिगु गाउँपालिका–५ घर भई हाल काठमाडौं बस्दै आएकी क्यान्सर रोगले पीडित ओममाया ओलीलाई सो सहयोग गरेको हो ।

हाल ओममाया भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेकी छन् । उनको साना–साना दुुईछोरी छन् । आर्थिक स्थिति कमजोर रहेकाले सो सहयोग गरिएको समाजका अध्यक्ष हिरालाल ओलीले बताए । देउसी, भैलोबाट संकलित ९१ हजार पाँच सय ४० रुपैयाँ र प्रदेश सांसद विशाल खड्काको व्यक्तिगत १० हजार गरी एकमुष्ठ एक लाख १ हजार पाँच सय ४० रुपौयाँ पीडितलाई हस्तान्तरण गरिएकोे समाजका अध्यक्ष हिरालालले जानकारी दिए ।

यस समाजले विपन्न परिवार, दैविक र प्राकृतिक प्रकोपमा परेकालाई थोरै भए पनि सहयोग गर्दै आएको समाजका अध्यक्ष हिरालालले जानकारी दिए । ७ वर्षअघि यस समाजको गठन भएको हो । २०७२ सालमा गएको विनासकारी भूकम्पमा पनि यस समाजले दोलखा जिल्लाभरिका ओली परिवारलाई प्रतिघर दई हजार रुपैयाँ सहयोग गरेको थियो । आगामी दिनहरूमा पनि यस्ता अप्ठ्यारा परेकालाई सहयोग गर्ने प्रतिवद्धतासमेत अध्यक्ष ओलील गरेका छन् ।

प्रतिक्रिया