नेपाल–कुवेतबीचको विश्वकप छनोट फुटबल खेल भुटानमा

काठमाडौँ । एसियन फुटबल महासंघले एन्फाको प्रस्ताव स्वीकृत गरेपछि विश्वकप फुटबलको दोस्रो चरणको छनोट खेल नेपाल र कुवेतबीच भुटानको चाङलिमिथाङ रंगशालामा हुने भएको छ । दशरथ रंगशालामा हुने भनिएको खेल पूर्ण रुपमा रंगशाला निर्माण भइनसकेको कारण एएफसीले नेपाल र कुबेतबीचको खेल नगराउन आदेश दिएको थियो ।

यस खेल घरेलु मैदानकोे अभावका कारण न्युट्रल भेन्यु (तेस्रो रंगशाला) मा खेल्नु पर्ने भएको थियो । एन्फाले न्युट्रल भेन्युको रुपमा भुटानको चाङलिमिथाङ रंगशालामा खेलाउनका लागि प्रस्ताव गरेको थियो ।

कुवेतले यो प्रस्तावलाई अस्वीकार गर्दै खेल कुनै खाडी मुलूकमा खेलाउनु पर्ने एएफसीसँग माग राखेको थियो । एन्फाले प्रेस विज्ञप्ती जारी गर्दै एएफसीले पनि एन्फाको प्रस्ताव स्वीकार गरेपछि भुटानमै हुन लागेको भनी जानकारी गराएको हो ।

प्रतिक्रिया