प्रदेश–२ मा ४६० हेक्टर जग्गा अतिक्रमण

काठमाडौं । प्रदेश–२ मा रहेका आठ जिल्लामध्ये धनुषा जिल्लाबाहेक सात जिल्लाका २१ स्थानमा ४६० हेक्टर जग्गा भारतीयले अतिक्रमण गरी बसोबास गर्दै आइरहेको तथ्य फेला परेको छ ।

सीमाविद् बुद्धिनारायण श्रेष्ठको पुस्तक सीमासंग्रामलाई आधार मान्दा भारतीयले प्रदेश–२ को पर्साका पाँच स्थानमा २२७ हेक्टर, महोत्तरीका दुई स्थानमा १४ हेक्टर, रौतहटमा एक स्थानमा १५ हेक्टर, सप्तरीमा सात स्थानमा १४५ हेक्टर, बारामा दुई स्थानमा ३६ हक्टर, सर्लाहीमा दुई स्थानमा १२ हेक्टर, सिरहामा दुई स्थानमा ४१ हेक्टर गरी जम्मा २१ स्थानमा ४६० हेक्टर जग्गा अतिक्रमण गरी उपभोग गर्दै आएका छन् ।

नेपाल–भारत सीमामा रहेका कतिपय सीमास्तम्भ नदीले बगाएको, क्षतिग्रस्त भएकाले सीमाक्षेत्र कहाँसम्म हो भनी यकिन गर्न नसकिएकाले कतिपय ठाउँमा भारतीयले अतिक्रमण गरी खेतीपाती गर्ने, गाईगोठ बनाएर भोगचलन गर्दै आएका छन् । नदीले बगाएका तथा अन्य कारणले क्षतिग्रस्त भएका सीमास्तम्भ वर्षांै बितिसक्दा पनि ध्यान नदिँदा यस्ता आएको वीरगञ्ज महानगरपालिका–२४ रामगढवाका शेषमन पडितको ठम्याइ छ ।

प्रदेश–२ मध्ये सबभन्दा बढी पर्सामा पाँच स्थानमा २२७ हेक्टर नेपाली भू–भाग भारतीयद्वारा अतिक्रमण भएको देखिन्छ । खासगरी जिल्लाको पश्चिमी क्षेत्रको दुर्गम गाउँमा रहेको सीमा क्षेत्रको यकिन नहुँदा त्यस क्षेत्रमा भारतीयले नेपाली भू–भाग अतिक्रमण गरी भोगचलन गर्दै आएको देखिन्छ ।

प्रतिक्रिया