कप्तानद्वय रुबिना र इन्दुको उपाधि जित्ने दाबी

काठमाडौं । क्याट क्विन्स काठमाडौंकी कप्तान रुबिना क्षेत्री र चितवन राइनोजकी कप्तान विन्दु बर्माले दुवैले बिहीबार हुने महिला च्याम्पियन्स लिग (डब्लुसिएल) क्रिकेटको फाइनल नतिजा आफ्नो पक्षमा आउने बताएका छन् ।  पहिलो संस्करणको प्रतियोगिता अगाडि बुधबार चन्द्रागिरिमा भएको पत्रकार सम्मेलनमा कप्तानद्वयले उपाधि जित्ने दाबेदारी गरेका हुन् । पहिलो संस्करणको फाइनल अगाडि बुधबार ट्रफी चन्द्रागिरिमा पु¥याइएको थियो । आयोजक क्विन्स इभेन्ट मेनेजमेन्टका प्रबन्ध निर्देशकसहितको टोली ट्रफीसँगै चन्द्रागिरि पुगेका थिए ।

महिला क्रिकेटमा पहिलो पटक फ्रेन्चाइज लिग आयोजना गर्दै नयाँ सुरुआत गरेकोसँगै महिला क्रिकेटको प्रवद्र्धनका लागि पनि पर्यटकीय गन्तव्यमा ट्रफी पु¥याइएको आयोजकले जनाएको छ । ‘हामीले महिला क्रिकेटमा नयाँ अभ्यास गरेका छौँ । महिला क्रिकेटले कर्पोरेटदेखि समर्थकसम्मको साथ कम पाइरहँदा पर्यटकीय स्थलमा फाइनलको ट्रफी पु¥याउँदा यसले नयाँ रूप लिन्छ,’ प्रबन्ध निर्देशक छुम्बी लामाले भने,‘खेलाडीहरूलाई पनि नयाँ अनुभव होस् भन्ने हिसाबले पनि यसो गरिएको हो ।’

राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तानसमेत रहेकी काठमाडौंकी कप्तान रुबिनाले लिग आयोजना गरेकोमा आयोजकलाई धन्वाद दिन दिइन् । उनले महिला क्रिकेटका लागि भएको प्रयासलाई सकारात्मक र प्रतियोगितामा अहिलेसम्मको अनुभव उत्कृष्ट रहेको बताइन् । ‘ट्रफी टुर गरेको यो पहिलो पटक नै हो । त्यसैले रमाइलो अनुभूति भइरहेको छ,’ रुबिनाले भनिन्,‘रुबिनाले आफ्नो टोली फाइनलका लागि तयार रहेको बताएकी छन् ।

लिगको पहिलो खेलमा पराजित भए पनि टिमले प्रतियोगितामा उत्कृष्ट पुनरागमन गरेको उनको भनाइ थियो । ‘हामीले प्रतियोगिताको पहिलो खेलमा हार बेहोरे पनि पछिल्ला चार खेलमा राम्रो खेल्यौँ,’कप्तान रुबिनाले भनिन्,‘त्यसैले फाइनलमा पनि राम्रो हुने आशा छ ।’ यता, चितवन राइनोजकी कप्तान इन्दु बर्माले पनि फाइनल भिडन्तका लागि आफ्नो टिम तयार रहेको बताएकी छन् ।

लिगमा चितवन अपराजित रहँदै फाइनलसम्म पुगेको थियो । साथै उनले सोही मनोबलका साथ डब्लुसिएलको ट्रफी उचाल्ने लक्ष्यमा रहेको बताएकी छन् । ‘अपराजित हुँदा खुसी छौँ । फाइनलमा पनि जितलाई नै निरन्तरता दिने योजनामा छौँ,’ कप्तान इन्दुले भनिन्,‘ खेलाडीहरू पनि आत्मविश्वासी भएका छन् ।’ प्रतियोगिताको विजेताले सात लाखसहित ट्रफी उचाल्नेछ भने उपविजेताले तीन लाख रुपैयाँमा चित्त बुझाउनेछ ।

प्रतिक्रिया