सशक्तीकरणलाई उपाधि

काठमाडौं । बागमती अध्यक्ष कप फुटबलको उपाधि सशक्तीकरण युवा क्लबले जितेको छ । ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने नाराका साथ बागमती गाउँपालिकाका वडा–४ प्युटारमा गत असोज २९ देखि सुरु भएको गाउँपालिका अध्यक्ष कप फुटबलको उपाधि आश्राङ्गको सशक्तीकरण युवा क्लबले हात पारेको छ । बागमती खेलकुद विकास समितिको आयोजना र गाउँपालिकाको आर्थिक सहयोगमा आयोजित प्रतियोगिताको सोमबार समापन भएको हो ।

यसैगरी प्रतियोगितामा सहभागी मकवानपुरको बकैया गाउँपालिका ९ च्याउँच्याउँको एकता बेण्ड क्लव दोस्रो र बकैया १० को ठाकुर सपोर्ट क्लवले तेस्रो स्थानसहित पुरस्कार हात पार्न सफल भएका छन् भने बागमती गाउँपालिका ७ , गिम्दीको बसन्त युवा क्लवले चौथो स्थान हासिल गरेको छ । विजेता प्रथम हुनेलाई १ लाख, दोस्रोलाई ५० हजार र सन्त्वाना दुई टिमलाई २० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र, कदरपत्र, मायाको चिनो प्रदान गरिएको छ ।

प्रतियोगिता समापन कार्यक्रममा बोल्दै बागमती गाउँपालिकाका अध्यक्ष एवं प्रमुख अतिथि वीर बहादुर लोप्चानाले जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय रूपमा समेत फुटबल खेल्न सक्ने खुबी भएका,नाम चलेका खेलाडी तथा दर्जनौं क्लवहरूहरूको सहभागितामा प्रतियोगिता सफलतापूर्वक सम्पन्न हुनु बागमती गाउँ पालिका गौरवको विषय रहेको उहाँको धारणा व्यक्त गरे ।

नेपालमा फुटबलको इतिहास स्मरण गराउँदै अध्यक्ष लोप्चनले भने विश्वका थुप्रै देशहरूले फुटबल खेलको माध्यमबाटै आफ्ना नाम स्थापित गराएका छन् । तर, नेपाली इतिहास हेर्दा नेपाली फूटवलको यात्रा कठिन यात्रा हो । २००४ सालमा नरशम्सेरद्वारा सुरु फुटबल खेल २००८ सालमा आएपछि मात्रै लिग फुटबलको रूपमा शुभारम्भ भयो ।

प्रतियोगितामा बेस्ट किपर विवेक देशार, शसक्तीकरण युवा क्लब बेस्ट डिफेन्स अनिल देशार, बेस्ट फरवाटफ आकाश मगर, एकता बेन्ड क्लब र बेस्ट हाईस्कोर राजन सयाङतन, बेस्ट प्यलेर मिलन रुम्बा र बेस्ट कोच नारायणबहादुर भोम्जन आश्राङ सशक्तीकरण हात पर्न सफल भएका छन् ।

प्रतिक्रिया