पोस्टमार्टम गर्न दुई दिन लगाएर आउनुपर्ने

बैतडी । जिल्लाका स्थानीयतहबाट पोस्टमाटम गर्न दुई दिन लगाएर जिल्ला सदरमुकाम आउनुपर्ने बाध्यता रहेको छ । जिल्ला अस्पताल र पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मात्र डाक्टर बस्ने हुँदा जिल्लाका टाढाटाढाका स्थानीयतहबाट पनि पोस्टमार्टम गर्न सदरमुकाम नै आउनुपर्ने वाध्यता रहेको छ ।

एकातीर घटनाको पीडा हुन्छ भने अर्कोतिर पोस्र्टमार्टम गर्न सदरमुकाम लग्नका लागि आर्थिकको व्यवस्था गर्नुपर्ने हुँदा समस्या माथि समस्या हुने गरेको पञ्चेश्वर गाउँपालिका–२ का स्थानीय रमेश चन्दले बताए । ‘पञ्चेश्वर शिवनाथ गाउँपालिका र मेलौली नगरपालिकाका लागि केसरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा डाक्टर भए यति दुःख हुने थिएन’, उनले भने ।

केसरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना डाक्टरको दरबन्दी भए पनि त्यहाँ डाक्टर बस्दैनन् । केसरपुर स्वास्थ्य केन्द्र अहिलेसम्म हेल्थ असिस्टेन्टको भरमा सञ्चालनमा रहेको छ । मेलौलीमा डाक्टर नभएकाले जिल्ला अस्पातल या पाटन ल्याउनुपर्ने जिल्ला अस्पताल बैतडीका डाक्टर जगदीश चन्द्र विष्टले वताए ।

यसैगरी पुर्चौडी क्षेत्रको पनि यस्तै समस्या रहेको छ । पुर्चौडीबाट पोस्टमार्टम गर्न नजिक डडेल्धुरा पर्दछ । वाध्यता यस्तो छ कि दुईदिन लगाएर भए पनि सदरमुकाम या पाटन आउनुपर्छ । नेपाल सरकारले स्वास्थ्यचौकी ठाउँठाउँमा स्थापना गरे पनि लास घर भने दुई ठाउँमा मात्रै व्यवस्था गरेको छ । पोस्टमार्टम खुलाचौरमा नहुने भएकाले लासघरमै ल्याउनुपर्ने हुँदा जिल्ला अस्पातल या पाटनमै ल्याउनुपर्ने जिल्ला अस्पताल बैतडीले जनाएको छ ।

प्रतिक्रिया