‘फुल कार्गेड रिहर्सल’ गर्दै सीको सुरक्षार्थ खटिने टोली

काठमाडौं । चिनिया राष्ट्रपति सीको सुरक्षार्थ खटिएको टोलीले बिहीबार फुल कार्गेड रिहर्सल गर्ने भएको छ। दुईदिने नेपाल भ्रमणका लागि शनिबार नेपाल आउन लागेका चिनियाँ राष्ट्रपति सी चिनफिङको सुरक्षार्थ तथा सवारी चलाउनका लागि तैनाथ हुने सुरक्षाकर्मीहरूले बिहीबार दिउँसो तीन बजे अन्तर्राष्टिय विमानस्थलदेखि चिनियाँ राष्ट्रपति बस्ने सोल्टी होटलसम्म सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले फुल कार्गेड रिहर्सलु गर्न लागेको माहानगरिय ट्रफिक महाशखाले जनाएको छ।

राष्ट्रपति सीलाई चीनबाट उनको साथमै आउने निजी अंगरक्षकका साथै पहिलो घेरामा नेपाली सेना, दोस्रो घेरामा नेपाल प्रहरी, तेस्रो घेरामा सशस्त्र प्रहरी र अन्तिम घेरमा नेपाल अनुसन्धान विभागका सुरक्षाकर्मीहरूले सुरक्षा प्रदान गर्ने व्यवस्था गरिएको महाशाखाले जनाएको छ।

प्रतिक्रिया