मानबहादुर र दिलको जोडीले विश्व सैन्य बिच भलिबल खेल्ने

काठमाडौं । दुई महिनापछि नेपालमै आयोजना हुने १३औँ दक्षिण एसियाली खेलकुद ९साग० अन्तर्गत बिच भलिबलको तयारीमा रहेका नेपाली राष्ट्रिय टोलीका मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडीले चीनमा आयोजना हुने विश्व सैन्य खेलकुदअन्तर्गतको बिच भलिबलमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

अन्तर्राष्ट्रिय सैन्य खेल परिषद् ९सिआईएसएम० को आयोजनामा चीनको वुहान सिटीमा आयोजना हुन लागेको साताँै संस्करणमा नेपाली सेनाले विभिन्न १३ खेलमा सहभागिता जनाउँदा बिच भलिबल टोली पनि समावेश भएको हो । विश्व सैन्य खेलकुदमा नेपालले पहिलोपटक सहभागिता जनाउन लागेको हो । सेनाले बिच भलिबलसँगै आर्चरी, ब्याडमिन्टन, एथलेटिक्स, जुडो, कुस्ती, फेन्सिङ, तेक्वान्दो, सुटिङ, ट्रायथलन, बक्सिङ, घोडचडी र मोर्डन पेन्टाथलनमा प्रतिस्पर्धा गर्दैछ । जसमा ४० खेलाडीले प्रतिस्पर्धा गर्नेछ । विश्व सैन्य खेलकुदमा १०५ देशको सहभागिता रहेको छ ।

बिच भलिबल खेलाडी मानबहादुर श्रेष्ठले साग गेम्सको तयारीमा रहँदै विश्व सैन्य खेलकुदमा सहभागिताले सागको तयारीलाई झनै फलदायी हुने बताएका छन् । ‘यहाँ राम्रै तयारी भइरहेको छ । सैन्य खेलकुदले हाम्रो तयारीलाई झनै सहयोग पुग्ने अपेक्षा गरेको छु । तर, बीचको समयमा इन्ज्युरीले तयारी प्रभावित बने पनि राम्रो खेल्ने प्रयास हुनेछ’  मानबहादुरले भने ।

बिच भलिबल अक्टोवर २१ देखि २८ सम्म हुने तालिका छ । जुन समयमा नेपालीहरूको दोस्रो महान पर्व दिपावली परेको छ । मानबहादुर दिलसहतिको सेनाको ६४ सदस्यीय टोली २७ असोजमा त्यसतर्फ प्रस्थान गर्ने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया