जमरा ग्रहण गरेर समताका विद्यार्थिलाई दशैँ बिदा

कालीकोट । हाँस्यकलारका महजोडी तथा सामाजिक अभियान्ता मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको संयुक्त सहयोगमा समता स्कुल कालीकोटमा पनि संचालन छ । समता स्कुल कालीकोटले आफ्ना विद्यार्थिहरुलाई दशैँ तिहार एवं छठपर्वको बिदा दिनु अगावै विद्यालयमा कार्यक्रमको आयोजना गरी जमरा ग्रहण गरेको छ । दशैँ अगाडि नै जमरा र टिका ग्रहण गर्न पाउँदा विद्यार्थिहरु हर्षित देखिएका छन् ।

सविन कुमार विष्टको अध्यक्षता तथा खाँडाचक्र नगरपालिका उपप्रमुख विजया विष्टको प्रमुख आतिथ्य साथै खाँडाचक्र नगरपालिका प्रवक्ता पुष्पराज गिरी र अधिवक्ता हिक्मत बहादुर विष्टको विशेष आतिथ्यमा कार्यक्रम भएको हो । २६६ जना विद्यार्थि, १२ जना शिक्षक–सहयोगी र सल्लाहकार रहेको समतामा विद्यार्थिलाई तिहार सम्मको लागि विदा दिइएको छ ।

कक्षा दुइसम्म सञ्चालनमा रहेको समता स्कुलले पछिल्लो समय केही विद्यार्थिको चाप बढाउँदै गएको छ । अभिभावकहले आगामी दिनमा ५ कक्षा हुँदै मावि स्तरसम्म समता स्कुल बनाउन माग गरेका छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि विजया विष्टले समता स्कुलाई अव स्थानिय तहबाट पनि सहयोग गर्ने बताइन् ।

कार्यविधी र योजना ल्याएर आएमा खाँडाचक्र नगरपालिकाबाट समता स्कुललाई थोरै भएपनी सहयोग गर्ने उनले बताईन । कार्यक्रमका अतिथिहरुले समत स्कुलले अति नै राम्रो ठाउँ ओगटेको र आगमी दिनमा सवैले सक्दो सहयोग गर्ने बताए । कार्यक्रमका सहजिकरण कर्ता लक्ष्मण वहादुर शाहीले आँफु युवा भएकै कारण यस समता स्कुलको लागि दिनरात नभटी खटिएको बताए् ।

अभिभावक, विद्यार्थि, शिक्षकहरुलाई भने समता स्कुल कसरी अगाडी बढाउँने भन्ने चिन्तनमा छन् । चर्चित हाँस्यकलार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यकोे सहयोग समर्थन रहेको यस विद्यालयलाई कालीकोटका स्थानिय हाँस्यकलाकार एवं पत्रकार हस्त चौलागाँईले रु २० हजार समता स्कुललाई सहयोग गर्ने बताएका छन् । चौलागाँईले तिहार अगावै कुनै कार्यक्रमको आयोजना गरे समता स्कुललाई २० हजार दिने बताए ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया