आर्मी च्याम्पियन

काठमाडौं । तेस्रो प्रधानसेनापति अन्तर्राष्ट्रिय ट्राइ एडभेन्चर प्रतियोगितामा त्रिभुवन आर्मी क्लब च्याम्पियन भएको छ ।

दौड, साइक्लिङ र र्याफ्टिङ गरी तीन विधा सम्मिलित ट्राइ एडभेन्चरमा बुधबार भारतीय सेनालाई पछि पार्दै त्रिभुवन आर्मी क्लब च्याम्पियन भएको हो । धादिङको बैरनीदेखि चरौँदीसम्म सञ्चालित साहसिक प्रतियोगितामा ६ दशमलव ७ किलोमिटरको दौड, २६ किमी साइक्लिङ र ११ किलोमिटर र्याफ्टिङ गरी कुल तीन विधाको ४३ दशमलव ७ किलोमिटरको ट्राइ एडभेन्चर प्रतिस्पर्धा भएको थियो ।

नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको ‘ए’ टोली दुई घण्टा २० मिनेट ४८ सेकेन्डमा उक्त तीन विधाको दुरी पूरा गर्दै च्याम्पियन बन्यो । भारतीय सेनाको ‘ए’ टोली दोस्रो स्थानमा खुम्चिँदा दुई घण्टा २५ मिनेट ३२ सेकेन्डमा दुरी पूरा ग¥यो । भारती सेनाकै ‘बी’ टोलीले तेस्रो स्थान प्राप्त गर्यो । ‘बी’ टोली दुई घण्टा २६ मिनेट १५ सेकेन्डमा उक्त दुरी पूरा गर्न सफल भयो ।

पुरुषतर्पm शीर्ष तीन स्थान प्राप्त गर्ने टोलीले क्रमशः एक लाख ५० हजार, एक लाख र ७५ हजार रुपैयाँ नगद पुरस्कारका साथै ट्रफी प्राप्त गरे । महिलातर्पmको प्रतिस्पर्धामा १३औँ दक्षिण एसियाली खेलकुदको तयारीमा रहेको नेपाल ट्रायथलन एसोसिएसन(एनटिए)को राष्ट्रिय टोली पहिलो भयो । एनटिएले तीन विधाको उक्त दुरी पूरा गर्न तीन घण्टा १८ मिनेट २० सेकेन्ड समय लगायो ।

दोस्रो स्थानमा रहेको प्याडल्स नेपालले चार घण्टा १४ मिनेट ५० सेकेन्डमा दुरी पार ग¥यो । तेस्रो स्थानका अन्य टोली उक्त साहसिक यात्रा गर्न असफल भएको ट्रायथलनका प्रशिक्षक राजीव चन्दले जानकारी दिए । महिलातर्पm शीर्ष दुई टोलीले क्रमशः ५० हजार र ३० हजार नगद पुरस्कारका साथै ट्रफी प्राप्त गर्यो ।

प्रतियोगितामा पाँच अन्तर्राष्ट्रिय टोलीसहित कुल १६ टोलीले प्रतिस्पर्धा गरेका थिए । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको दुई टिमसहित पुरुषमा १० र महिलामा तीन टोलीले मात्र प्रतिस्पर्धा गरेका थिए । भारतको दुई, माल्दिभ्स, बंगलादेश र श्रीलंकाबाट समान एक टोलीले चुनौती प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया